ताजा अपडेट »

बंगालादेशका प्रदर्शनकारीले भत्काए ‘भारतीय स्मारक’

सोमबार, २८ साउन २०८१, १६ : २७
156 Shares
सोमबार, २८ साउन २०८१
156 Shares

ढाका । बंगलादेशमा प्रदर्शनकारीहरूले १९७१  युद्धसँग सम्बन्धित राष्ट्रिय स्मारक भत्काएका छन् । मुजिबनगरमा अवस्थित यो स्मारक भारत–मुक्तिवाहिनी सेनाको विजय र पाकिस्तानी सेनाको पराजयको प्रतीक थियो।

१६ डिसेम्बर १९७१ मा पाकिस्तानका लेफ्टिनेन्ट जनरल एएके नियाजीले हजारौं सैनिकसहित भारतीय सेनासमक्ष आत्मसमर्पण गरेका थिए ।  उनले भारतीय सेनाका अफिसर कमाण्डिङ–इन–चीफ लेफ्टिनेन्ट जनरल जगजीत सिंह अरोराको अगाडि कागजातमा हस्ताक्षर गरे। उनको छवि यस स्मारकमा चित्रण गरिएको थियो । तर, सो स्मारक भत्काएको तस्विर अहिले सामाजिक सञ्जालमा भाईरल भईरहेको छ । ‘युनुस मोहम्मद भारतका लागि खतरा छैनन्’ । यद्धपी, कांग्रेस नेता शशि थरुरले एक अन्तर्वार्तामा मोहम्मद युनुस भारतका लागि खतरा नभएको बताएका छन् । 

उनले युनुसको पाकिस्तानको आईएसआई वा जमातए(इस्लामीसँग कुनै सम्बन्ध नभएको बताए। उनीहरु अमेरिकासँग नजिक छन् । यस्तो अवस्थामा उनको अन्तरिम सरकार गठनले भारत–बंगलादेश सम्बन्धमा खासै प्रभाव पार्ने छैन ।

 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।