ताजा अपडेट »
प्रधानमन्त्रीलाई मुकुलको १५ बुँदे सुझाव :

एक पटक नागरिकता त्यागेकालाई नियुक्ति रोकौं, थ्रेसहोल्ड बढाऔं (पूर्ण पाठसहित)

सोमबार, २८ साउन २०८१, १३ : ३९
686 Shares
सोमबार, २८ साउन २०८१
686 Shares

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निलम्बित महामन्त्री डा. मुकुल ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विभिन्न बुँदे १५ सुझाव दिएका छन्। सोमबार प्रधानमन्त्री ओलीलाई भेटेर आफूले विभिन्न १५ बुँदामा सुझाव पेस गरिएको डा. ढकालले बताएका छन्।

उनले पछिल्लो पटक आफू देशका विभिन्न ३८ वटा जिल्लामा समीक्षा यात्राका लागि पुगेको र उक्त भेटघाट पार्टीको तर्फबाट भएपनि आम नागरिकको हैसियतमा सुझाव संकलन गरेको बताएका छन्। प्रशासन सुधार, स्थानीय सरकार, भ्रष्ट्राचार, मिटर ब्याज पीडितको समस्या समाधान, खानेपानी, अस्पताल, शिक्षा लगायतका विषय छुट्याएर ढकालले सुझाव बुझाएका हुन्। उनले पछिल्लो पटक चर्चामा रहेको संविधान संशोधनको एजेण्डामा पनि सुझाव दिएका छन्। प्रदेश, जिल्ला समन्वय समिति, उपरराष्ट्रपति पद खारेज हुनुपर्ने उनले बताएका छन्।  ‘इन्तु, किन्तु, परन्तु केही नलगाइ प्रदेश खारेज हुनुपर्छ, जनतामा प्रदेश संरचनालाई लिएर व्यापक निराशा र आक्रो छ,’ उनले सुझावमा भनेका छन्। 

सुझावमा अघि भनिएको छ, ‘थ्रेस होल्ड बढाउने, एउटै मतपत्रमा निर्वाचन गर्ने, एक पटक समानुपातिक निर्वाचनबाट निर्वाचित व्यक्ति फेरि समानुपातिक निर्वाचित हुन नपाउने जस्ता व्यवस्था गरे वर्तमान निर्वाचन प्रणाली नै सुधार गर्न सकिनेछ।’ साथै, उनले एक पटक नेपाली नागरिकता लिएको व्यक्तिले फेरि नागरिकता लिए त्यस्तो व्यक्तिलाई पुनः मनोनयन वा नियुक्त गर्न नहुने तर्क पनि गरेका छन्।

‘एक पटक नेपाली नागरिकता त्यागेका व्यक्तिले फेरी नेपाली नागरिकता लिएमा त्यस्तो नेपाली नागरिकलाई नेपालको संविधानको धारा २८९ (१) बमोजिम मनोनयन वा नियुक्त हुन दिनुहुँदैन,’ उनले सुझावमा भनेका छन्, ‘वयस्क भइसकेपछि नागरिकता त्याग्ने व्यक्ति राज्यको महत्त्वपूर्ण उच्च ओहदामा नियुक्ति हुँदा, ती व्यक्तिको मगजमा फेरी राष्ट्र त्यागिदिने मनोविज्ञान नआउला भन्न नसकिने भएकाले यो व्यवस्था संविधानको मर्म कार्यान्वयनका लागि संविधानमा नै राखिन आवश्यक छ।’ 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।