ताजा अपडेट »

इन्टलेक्च्युअलले ल्यायो विद्यार्थीलाई पढाईसँगै संस्कार सिकाऔँ भन्ने सन्देशसहितको तीज भाका

सोमबार, २८ साउन २०८१, ११ : २३
396 Shares
सोमबार, २८ साउन २०८१
396 Shares

बुटवल । बुटवलको इन्टलेक्च्युअल एकेडेमीले सचेतनामूलक सन्देश तिज गितको भाका सार्वजनिक गरेको छ । गितमा विद्यार्थीहरुलाई पढाइसँगै घरको काम पनि सिकाउनु पर्ने लगायतका विषयबस्तुहरु समेटीएको छ । यस्तै विद्यार्थीहरुले गृहकार्य गर्दा अभिभावक पनिसँगै बस्नु पर्ने र विद्यार्थीले गृहकार्य गर्दा मोवाइल फोनको प्रयोग गर्न नहुने विषयलाई पनि देखाइएको छ ।

सो गित सार्वजनिक कार्यक्रममा बोल्दै संचालक समितिका अध्यक्ष गोविन्द्रप्रसाद मरासीनिले गितले अभिभावकहरुले के के गर्नु पर्छ भन्ने विषयमा स्पष्ट पारेको बताए ।  यस्तै विद्यालयका संस्थापक अध्यक्ष कृष्ण खरेलले गित तीजको भाका रहेता पनि तीज गित भने नरहेको बताए । पछिल्लो सयमका गीतहरु परिवार सबै सँगै बसेर हेर्न र सुन्न सक्ने खालका नभएको बताउँदै यस्ता गितहरुले विद्यार्थीहरुको मनोविज्ञानमा असर गर्ने बताए।

विद्यालयका प्रबन्ध निर्देशक रामराज पोखरेलले इन्टलेक्च्युअल १४ वर्ष अघि स्थापना भएको बताउँदै सुरुदेखि नै आफुहरुले फरक कार्य गर्दै आइरहेको बताए । विद्यालय विद्यार्थीहरुलाई किताब धोकाएर मात्रै हुन्छ भन्ने पक्षमा नरहेको बताउँदै उनले आफुहरु व्यवहारिक सिकाईमा पनि विशेष ध्यान दिएर शिक्षण सिकाई क्रियाकलाप गरिरहेको बताए । 

सो गितको परिकल्पामा विद्यालयका प्रबन्ध निर्देशक रामराज पोखरेल र माया पौडेलले गरेका हुन् । गितमा स्वर पुष्पा ज्ञावली, माया पौडेल र विना आचार्यको रहेको छ भने गितको शब्द ज्ञावली, पौडेल र मेघराज पोखरेलले गरेका हुन् । गितको किरियोग्राफर शिक्षिका नबिना पाण्डेले गरेकी हुन् । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।