ताजा अपडेट »

आज साउनको अन्तिम सोमबार, बोलबम धामसहित शिवालयहरुमा भक्तजनको घुइँचो

सोमबार, २८ साउन २०८१, ०७ : ५५
174 Shares
सोमबार, २८ साउन २०८१
174 Shares

बुटवल । आज साउन महिनाको अन्तिम सोमबार, देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भिड लागेको छ । साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएकाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् ।

साउनको सोमबारलाई भगवान शिवको प्रिय बार मानिने भएकाले यस दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दान लगायतका काम गर्दछन् । यसो गर्दा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास रहेको छ । यसैबीच पश्चिम नेपालको पशुपतिनाथ भनेर चिनिने रुपन्देहीको सैनामैना–१, स्थित पर्रोहा बोलबम धाममा पनि जलार्पण गर्ने आज अन्तिम सोमबार भएको हुँदा भक्तजनको भिड रहेको छ । नेपालको एकमात्र स्वयम उत्पत्तिमान शिव ज्योतिर्लिङ्ग मानिने पर्रोहा बोलबम धाममा विशेष गरी सोमबारका दिन पहेँलो बस्त्र धारी दर्शनार्थीको अत्यधिक घुइँचो लाग्ने गर्छ ।

क्तजनले रुपन्देहीको रामघाट, कपिलवस्तुको लक्ष्मणघाट, तनहुँको देवघाट, नवलपरासीको त्रिवेणी, गुल्मीको रिडी, पाल्पाको राम्दी, मुस्ताङको मुक्तिनाथ, प्यूठानको स्वर्गद्धारी, काठमाडौंको सुन्दरीजल, पशुपतिनाथ लगायतका स्थानहरुबाट गंगाजल ल्याइ यहाँ ल्याएर अर्पण गर्दछन् ।

गुरुपूणिर्मादेखि जनैपूणिर्मासम्म एक महिना सञ्चालन हुने यहाँको बोलबम मेलामा भगवान् शिवलाई जलार्पण गर्न नेपालका विभिन्न जिल्ला र भारतको उत्तर प्रदेश, बिहारका विभिन्न जिल्ला सहित हरिद्वार र हरियाणाबाट समेत भक्तजनहरु जलार्पणका लागि आउने गर्दछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।