ताजा अपडेट »
रूकुम महिला हत्या प्रकरणा

आफ्नै २४ वर्षीय प्रेमीलेनै गरे माता भनिने ४९ वर्षीया शुशिलाकाे हत्या

आइतबार, २७ साउन २०८१, २२ : ००
356 Shares
आइतबार, २७ साउन २०८१
356 Shares

रुकुम । रुकुम पश्चिमको सानिभेरी गाउँपालिका–४ लामाचौरकी माता भनिने ४९ वर्षीया शुशिला मल्लको हत्या उनकै प्रेमीले गरेको खुलासा भएको छ । शुशिलाको हत्या आरोपमा प्रहरीले चौरजाहरी नगरपालिका–११ माथिल्लो सर्केनाका २३ वर्षीय प्रेम मल्ललाई पक्राउ गरेर आइतबार सार्वजनिक गरेको छ ।

गत साउन २३ गते प्रेमलेनै शुशिलाको हत्या गरेको रुकुम पश्चिमका डीएसपी नवराज पोखरेलले दाबी गरेका छन । उनका अनुसार शुशिलाले बिबाह गर्न दबाब दिएपछि प्रेमले उनको हत्या गरेका हुन । प्रेम र शुशिलाको भेट डेढ वर्ष पहिले जाजरकोटको रिम्ना मेलामा भेट तथा चिनजान भएको थियो। उनीहरू पछिल्लो ६ महिनादेखि निकट सम्बन्धमा थिए।

मृतक शुशिला एकल महिला हुन्। उनका पतिको १५ वर्ष पहिले नै मृत्यु भएको थियो। उनका तीन छोराहरु रहेकामा तीनै जना रोजगारीका लागि विदेशमा छन। उनका एक छोरा  दुबई, अर्का मलेसिया र अर्का भारतमा रोजगारीमा छन । छिमेकीका अनुसार शुशिला र प्रेमको पछिल्लो समय भेटघाट निकै बाक्लिएको थियो। प्रेम पटक पटक शुशिलाको घरमा आउने र शुशिला पनि प्रेमको घरमा गएर बस्ने गरेको खुलेको छ ।

प्रेम शुशिलाकोमा आउने र बस्ने गरेको थाहा पाएपछि छिमेकीहरुले यस बारेमा शुशिलासंग सोधखोज गरेका थिए । तर उनले प्रेम आफ्नो भक्त भएको र सोही कारणनै आफ्नोमा आउने जाने रहेको जवाफ दिएकी थिइन । स्थानिय स्तरमा शुशिला माताका रुपमा पनि चिनिन्थिन्। भने प्रेम धर्मकर्ममा लगाव राख्ने व्यक्तिका रुपमा चिनिन्थे ।

तर गाउँलेहरूलेनै उनिहरुको सम्वन्धमा शंका गर्न थालेपछि शुशिलाले आफूसँग विवाह गर्न दबाब दिएको प्रेमले प्रहरीलाई बताएका छन । उनीसँग बिहे गर्नुपर्ने भएपछि हत्या गरेर उम्किन खोजेको उनको प्रारम्भिक बयान रहेको छ ।

शुशिलाकाे हत्याको दुई दिन अगाडीनै प्रेम उनकाे घरमा आएर बसेका थिए। गत साउन २१ गते राति उनीहरुसँगै बसे भने २२ गते बिहान उठेर प्रेम रिम्ना बजार, चाइनाबगरतिर घुमफिर गरेर पुनः साँझ शुशिलाकै घरमा फर्किए । त्यही रात शुशिलाले प्रेमसँगको सम्बन्धका बारेमा गाउँमा थाहा भएको भन्दै आफुसंग बिहे गर्न दवाब दिएको प्रेमले बताएका छन ।

आफूले बिहे गर्न सक्ने अवस्था नभएकोले हत्या गरेको प्रहरीसंगको बयानमा प्रेमले बताएका छन ।उनले फलामको तावा, सिलौटो र लोहोरोले हानेर सलले घाँटी कसी हत्या गरेको खुलेको छ । शुशिलाको शव आफ्नो घरको कोठामा फेला परेको थियो। हत्यापछि शुशिलाको मोबाइल पनि प्रेमलेनै लिएर गएका थिए । उक्त मोबाइल पनि प्रहरीले बरामद भएको बताएको छ । हत्यामा प्रयोग गरेका सामान रगत लागेको अवस्थामा प्रहरीले बरामद गरेको हो।

घटनाको जानकारी पाए लगतै खटिएको प्रहरीले त्यसैदिन उनको संलग्नता रहेको पत्ता लगाएको र भोलिपल्ट पक्राउ गरिएको जनाएको छ । प्रेमविरुद्ध कर्तव्य ज्यानको कसुरमा जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अगाडी बढाईएको डीएसपी पोखरेलले बताए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।