बुटवल । नेपालमै पहिलोपटक करिब ५ वर्षअगाडि व्यावसायिक लेखा प्रशिक्षणका( Professional Accounting Training) कोर्सको बिकास गरि युवाहरूलाई स्वरोजगार बनाउने महाअभियान सहित सन्चालन भएको डस मल्टी सर्भिस प्रालीले आज अम्रमाली कटेज बुटवलमा बृहत कार्यक्रम आयोजना गरि विद्यार्थीहरुलाई धन्यवाद तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ।
व्यावसायिक लेखा प्रशिक्षण लिदै गरेका ५३ जना विद्यार्थीको उपस्थिति, पुर्व उत्कृष्ट पाँच विद्यार्थीको बिशेष उपस्थितिको बिच हाल तालिम लिदै गरेका विद्यार्थीले कक्षा १२ उतीर्ण गरेकोमा बधाई तथा सबैभन्दा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार बितरण गरिएको छ भने तालिम लिईसकेर यहि बजारमा विभिन्न संस्थामा कार्यरत विद्यार्थीहरुलाई धन्यवाद पत्र प्रदान गरिएको छ।
बिबिध सास्कृतिक कार्यक्रम सहित सन्चालन भएको कार्यक्रममा बुटवल कालिका क्याम्पसका प्रमुख श्री घनश्याम पाठक प्रमुख अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख तथा कार्यक्रमका प्रमुख अथिती पाठकले विद्यार्थी हरुले सिकेको सैद्धान्तिक ज्ञानलाई प्राक्टिकल गराई सक्षम जनशक्ति तयार गर्नुपर्ने आजको आवश्यकता रहेको र उक्त कुरालाई डोसले सम्बोधन गरेकोमा खुसी व्यक्त गरे। विद्यार्थीले यो समाज परिवर्तनको लागि अब पहल लिनुपर्ने र आजको बिज्ञान प्रबिधिको समयलाई चिनेर अगाडि बढ्न सुझाव दिए ।
कार्यक्रममा बिशिष्ट अथितिहरु घनश्याम चापागाईंले युवाहरूलाई मोटिभेसन गर्नुभयो भने समाजसेवी बिमलराज भट्टराईले डसले थालेको यो अभियानमा साथ दिदै सीपयुक्त जनशक्तिको बजारमा अहिले पनि ज्यादै अभाव रहेको बताए । कार्यक्रमको अध्यक्षता डसका प्रेसिडेन्ट श्री सुन्दर पाण्डेले गरेका थिए ।
विद्यार्थीहरुको निकै प्रतिभाहरूको प्रस्तुति भएको कार्यक्रममा स्वागत मन्तव्य विद्यार्थी कबित भट्टले गर्नुभएको थियो भने तुलसी भट्टराई, प्रिती रायमाझीले साङ्गीतिक मनोरञ्जन प्रदान गरेका थिए। डसले पुर्व विद्यार्थीहरु, दीपक भन्डारी, झरना राना, सुरज ज्ञवाली, समीर पान्डे, शारदा श्रेष्ठ, रबिन रिजाललाई विभिन्न विधागत सम्मान गरेको छ।
प्रोफेसनल अकाउन्टिङ तालीम सन्चालन गर्ने, युवाहरूलाई स्वरोजगार बनाउने अभियानको थालनी गर्ने संस्थाका म्यानेजिङ डाइरेक्टर श्री छविलाल डुम्रेले कार्यक्रमको समन्वय तथा सन्चालन गरेका थिए। कार्यक्रममा पुर्व विद्यार्थीहरुले आफुले डसबाट पाएको तालिम र त्यसपछिका दिनहरूबारे आफ्नो धारणा राखेका थिए।
प्रतिक्रिया