ताजा अपडेट »
रैथाने बाली संरक्षण

रैथाने बाली लोप हुँदै गएपछि बाली संरक्षण गर्दै कृषि ज्ञान केन्द्र बाजुरा

आइतबार, २७ साउन २०८१, १९ : ३३
62 Shares
आइतबार, २७ साउन २०८१
62 Shares

बाजुरा । रैथाने बाली लोप हुँदै गएपछि कृषि ज्ञान केन्द्र बाजुराले पछिल्लो समय बाली संरक्षणमा जोड दिएको छ । स्थानीय किसानलाई अर्गानिक खाद्यमा प्रोत्साहन गर्ने गरी रैथाने बाली संरक्षण गर्न लागेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
यहाँ उत्पादन हुने कोदो, फापर, सिमी, चिनो, कागुनो, उवा, झुमरो, स्थानीय जातको मकै, जौलगायतका अन्न बाली पछिल्लो समय हराउँदै गएका छन् ।

घ

ती बालीको संरक्षण गर्न अनुदानका कार्यक्रम अघि सारेको कृषि ज्ञान केन्द्रका सुचना अधिकारी मीनप्रसाद जैसीले बताएका छन ।  रैथाने बाली स्थानीयका लागि खाद्य सुरक्षा, पोषणदेखि स्वास्थ्य जीवनयापनमा आवश्यक रहेको कार्बोहाइड्रेट, प्रोटिन, फाइबर, भिटामिन, क्याल्सियम, म्याग्नेसियम, आइरन जस्ता खनिजको प्रचुरता बढी भएकाले संरक्षणमा जोड दिएको भनाइ उनको भनाइ छ । 

व्यावसायिक रूपमा खेती गर्ने किसानलाई प्रदर्शन कार्यक्रम अन्तर्गत ५०/६० हजार मूल्यको बिउबिजन, कृषि औजार सहयोग गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो । पछिल्लो समय रैथाने बालीको उत्पादन घटेको तर परिकारको माग बढेको बताइएको छ । 

4
स्थानीय बजारमा फापर, कोदो र मकैको पिठो, कागुनो, झुमरो र उवाको माग बढेको छ । रैथाने बालीलाई व्यावसायिक रूपमा खेती गर्न सकेमा स्थानीयले यसबाट नै जीविकोपार्जन गर्न सक्ने सम्भावना रहेको देखिन्छ । कृषि ज्ञान केन्द्रले रैथाने बालीको उत्पादन बढाउन स्थानीय उत्पादनको विभिन्न प्रकारका परिकार बनाई खुवाउने गरेको छ । अहिले स्थानीय होटलमा समेत रैथाने बालीको विभिन्न परिकार पाइने गरेको छ । 

5

हिमाली, स्वामिकार्तिक, जगनाथ, बुढीनन्दा लगायतका पालिकाले समेत रैथाने बालीको संरक्षण र प्रवर्धन गर्नका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् । नयाँ र उन्नत जातको बाली भित्रिए सँगै रैथाने बाली हराउन थालेको स्थानीय किसानहरू बताउँछन् । #krishipress

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।