ताजा अपडेट »

स्वास्थ्य विमाको दायरा कम्तिमा ५ लाख पुर्याउने तयारीमा स्वास्थ्य मन्त्री (कार्योजनाको पूर्ण पाठसहित)

आइतबार, २७ साउन २०८१, १८ : ३२
238 Shares
आइतबार, २७ साउन २०८१
238 Shares

काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको दायरा कम्तीमा ५ लाख बनाउने गरी बीमाको नीतिगत र कानूनी व्यवस्थामा पुनरावलोकन गर्ने गरी नयाँ प्रस्ताव अघि सारेका छन् । आगामी प्राथमिकता तथा कार्ययोजना सार्वजनिक गर्न आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले बीमाको दायरा कम्तीमा ५ लाख बनाउने, औपचारिक र अनौपचारिक क्षेत्रलाई समेत अनिवार्य स्वास्थ्य बीमामा समेट्नका लागि नीतिगत र कानूनी व्यवस्थामा पुनरावलोकन गर्ने जानकारी गराए ।

बीमा व्यवस्थापन सूचना प्रणाली परिमार्जन गरी रियल टायम दाबी प्रविष्टिका लागि सवै सेवा प्रदायकलाई एकीकृत प्रणालीमा सामेल गराउने पौडेलले बताए । हाल विद्यमान स्वास्थ्य कोरकोषबाट थप रकम स्वास्थ्य बीमामा उपलब्ध गराउने व्यवस्था गर्ने मन्त्री पौडेलको कार्ययोजनामा उल्लेख छ ।


मन्त्री पौडेलले अहिले बागमती र लुम्बिनीमा मात्रै क्यान्सर उपचार सेवा सञ्चालनमा रहेकोमा त्यसलाई सातै प्रदेशमा लैजाने, सातै प्रदेशमा मानव अंग प्रत्यारोपण केन्द्र स्थापना गरिने योजना रहेको बताए । सवै कार्ययोजनाको आवश्यक पूर्वाधारको योजनासहित कार्ययोजना तयार रहेको उनको भनाइ छ ।

त्यस्तै औषधिको मूल्य समायोजन र औषधि व्यवस्था विभागको क्षमता सुदृढीकरण गरिने, सम्पूर्ण मेडिकल डिस्पोजेवल, इम्प्लान्ट तथा उपकरणहरूको आयात तथा उत्पादनमा गुणस्तर सुनिश्चित गरिने लगायतका कार्ययोजनासमेत सार्वजनिक गरिएको छ ।

पौडेलले पूर्वस्वास्थ्यमन्त्री, पूर्व स्वास्थ्य सचिव, स्वास्थ्यका विभिन्न सरोकारवाला निकाय र प्रतिनिधि, विज्ञलगायतसँग सुझाव संकलन गरी कार्ययोजना तयार पारेका हुन् ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।