ताजा अपडेट »

रोटरी काठमाडौँ हेरिटेजद्वारा बृक्षारोपण

आइतबार, २७ साउन २०८१, १६ : ४४
48 Shares
आइतबार, २७ साउन २०८१
48 Shares

बुटवल । रोटरी काठमाडौँ हेरिटेजले बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । गोकर्णेश्वर नगरपालीका वडा नं. ४, स्थित राष्ट्रिय सहिद तथा शान्ति पार्कमा सम्पन्न भएको उक्त कार्यक्रम गोकर्णेश्वर नगरपालिका मेयर दीपक कुमार रिसालको प्रमुख आतित्थता रहेको थियो । 

कार्यक्रममा नगरपालिकाका उपमेयर सान्नानी लामा, वडा नंं. ४ का अध्यक्ष जय राम महत, नगरपालिकाका प्रमुख सल्लाहकार रमेश रिजाल, जिल्ला बन कार्यालयका प्रमुख पुष्कर राज गड्तौला, वन कार्यालयका सव डिभिजन प्रमुख अरुण कुमार गुप्ता एवं रोटरी क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२९२ का बातावरण समितिका प्रमुख दिपक राज भण्डारी, डिष्ट्रिकका सर्जेन्ट एट आर्मस् बिनिता प्रधान लगायत क्लबका सदस्य एवं स्थानियहरुको सहभागिता रहेको थियो ।

क्लबका अध्यक्ष हेमा कुमारी अधिकारीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रम सचिव डा. बुद्धि मल्लले कार्यक्रम सञ्चालन गरेका थिए भने भने कार्यक्रमको संयोजन क्लबका प्रेसिडेन्ट ईलेक्ट कृष्ण प्रसाद शर्माले गरेका थिए ।समाजसेवामा योगदान गर्ने हेतुले केहि महिना अघि मात्रै खोलिएको रोटरी क्लव अफ हेरिटेज काठमाण्डौंले यसअघि संयुक्त स्वास्थ शिविर आयोजना गरेको थियो । क्लबले बातावरण, हेरिटेज, स्वास्थ, शिक्षा लगायत अन्य बिभिन्न क्षेत्रहरुमा सेवा गर्ने योजना रहेको र बृक्षारोपण गरिएका बोटबिरुवाहरुको संरक्षण गर्ने कार्यक्रम पनि सञ्चालन गर्ने जानकारी गराईएकोे थियो ।

अहिले विश्वले नै वातावरण संरक्षणलाई प्राथमिकता दिंदै आएको सन्दर्भमा नेपालले यसलाई प्राथमिकता दिएर बिश्वमा नै उदाहरणीय देश बन्न सक्ने अवसर रहेको साथै यस्ता बातावरण संरक्षणका कार्यक्रमहरुले देशको पर्यटन लगायत अन्य बिभिन्न आर्थिक क्षेत्रलाई समेत सकरात्मक प्रभाव पारेर देशको दिगो आर्थिक विकासमा समेत मद्धत गर्ने क्लबले विश्वास लिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।