ताजा अपडेट »

एमालेका पूर्वमन्त्री र कलाकारसहित ११ जना हाइ प्रोफाइल जुवाडे पक्राउ

आइतबार, २७ साउन २०८१, १५ : ३७
204 Shares
आइतबार, २७ साउन २०८१
204 Shares

काठमाडौँ । एमालेका पूर्वमन्त्री र कलाकारसहित ११ जना हाइ प्रोफाइल जुवाडे पक्राउ परेका छन् । गौरीघाटबाट कोशी प्रदेशका एमालेका पूर्वमन्त्री तथा बुद्धि कुमार राजभण्डारीसहित ११ जनालाई प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा प्रदेश सांसद तथा कोशी प्रदेशका पूर्वमन्त्री बुद्धि कुमार राजभण्डारी, सोलुखुम्बुको सोताङ गाउँपालिकाका पूर्वअध्यक्ष बिर बहादुर राई र कलाकार पुरुषोत्तम शर्मासहित ११ जना छन् । शर्मा टेलिसिरियल ‘सक्किगो निँ’ का कलाकार हुन् ।

 प्रहरीले जुवा खालबाट १ लाख नगद बरामद गरेको छ । शनिबार पक्राउ गरेर प्रहरीले उनीहरूको बयान लिइसकेको छ । आइतबार सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइने जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए ।

पक्राउ पर्नेहरुमा उत्तम कुमार राई, अनिश तामाङ, ठुला तामाङ, दिपक खड्का, भिम बहादुर साम्बाहाम्फे, रवि श्रेष्ठ, राजु महत र माधव थापा छन् । माधव थापा बिरामी रहेको अनुसन्धामा संलग्न एकजना अधिकृतले बताए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।