ताजा अपडेट »

माओवादी नेता जनार्दन शर्माको प्रस्तावः 'पार्टीको नाम र चुनाव चिन्ह फेरौं'

आइतबार, २७ साउन २०८१, १२ : ५९
318 Shares
आइतबार, २७ साउन २०८१
318 Shares

काठमाडौं, २७ साउन । नेकपा माओवादी केन्द्रका उपमहासचिव जर्नादन शर्मा प्रभाकरले पार्टीको नाम र चुनाव चिन्ह परिवर्तन गर्न प्रस्ताव गरेका छन । सरकारवाट बाहिरिए पछि बसिरहेको स्थायी कमिटि बैठकमा उपमहासचिव शर्माले सो प्रस्ताव गरेका हुन । 

पार्टी निमार्णका लागि बिभिन्न काम गर्नुपर्ने भन्दै शर्माले ‘बर्तमान परिवेश र काम अनुरुप तालमेल हुने गरी पार्टीको नाम परिवर्तन गर्ने र साथै आम जनताले सहज रुपमा स्विकार गर्ने गरी चुनाव चिन्ह फेर्ने’ प्रस्ताव बैठकमा राखेका छन । बैठक जारी छ  । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।