ताजा अपडेट »

लियो क्लब अफ भलबारीले मानसिक स्वास्थ्य सम्बन्धि ज्ञान अभिवृद्धि कार्यक्रम गर्ने

आइतबार, २७ साउन २०८१, १२ : ४४
30 Shares
आइतबार, २७ साउन २०८१
30 Shares

बुटवल । लियो क्लब अफ भलबारीले मानसिक स्वास्थ्य तथा लागू औषध दुव्यर्सनी नियन्त्रण  सम्बन्धि ज्ञान अभिवृद्धि कार्यक्रम गर्ने भएको छ । लियो क्लब अफ भलबारीको आयोजना, रोटरी ईक्लब अफ मेडिकोफ्युजन हाइबृड र लायन्स क्लब अफ भलबारीको सहकार्यमा बुटवल उपमहानगरपालिकाको नहरपुर स्थित नहरपुरमावि विद्यालयमा सो कार्यक्रम गर्न लागेको हो । 

वर्तमान समयमा बढ्दै गइरहेको नकारात्मकता र मानसिक  स्वास्थलाई लक्षित गरि उक्त कार्यक्रम आयोजना गर्न लागिएको लियो क्लब अफ भलबारीका अध्यक्ष सामना केसीले बताए । साथै कक्षा ११÷१२ का विद्यार्थीहरुलाई लक्षित कार्यक्रम गर्न लागिएको बताए । 

कार्यक्रममा उपस्थित भई विद्यार्थीका मानसिक समस्या पहिचान गर्नुका साथै दुव्र्यसनका शिकार बनिसकेका विद्यार्थीहरुलाई कसरी त्यसबाट मुक्त गराउने भन्ने विषयमा   एम।बी।एस डाक्टर बिक्रम काफ्लेले प्रशिक्षण दिने लियो क्लब अफ भलबारीका सचिव  मधु पौडेलले बताए।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।