ताजा अपडेट »

राष्ट्रिय शैक्षिक परामर्श संघ(नेका)लुम्बिनी प्रदेश गठन, अध्यक्षमा गौडेल

आइतबार, २७ साउन २०८१, ०८ : ३७
52 Shares
आइतबार, २७ साउन २०८१
52 Shares

बुटवल । लुम्बिनी प्रदेशका शैक्षिक परामर्शदाताहरुका भेलाले राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) लुम्बिनी प्रदेश गठन गरेको छ । शनिबार रुपन्देहीमा सम्पन्न परामर्शदाताहरुको भेलाबाट गणेश गौडेलको अध्यक्षतामा १३ सदस्यीय प्रदेश समिति गठन भएको हो । 

जसको उपाध्यक्ष सुशील पाण्डे, सचिव नारायण पोख्रेल, सह–सचिब आषिका पोख्रेल, कोषाध्यक्ष सन्तोष पाण्डे, सदस्यहरुमा आयुष सापकोटा, धिरज ज्ञवाली, दुर्गा प्रसाद पन्थी, बिकास पन्थी, अनिष बिक्रम सेञ्चुरी, माधव बञ्जाडे, सुनिल चौधरी, योगेश ढकाल रहेका छन । कार्यक्रममा नवनिर्वाचित प्रदेशका अध्यक्ष गणेश गौडेलले परामर्शदाताहरुलाई एकतावद्ध गर्दै संस्थागत रुपमा ब्यवस्थित गर्दै अघि बढ्ने प्रतिवद्धता जनाए ।

केहि परामर्शदाताका कारण समग्र पेशा ब्यवसायमा आएको चुनौतीलाई चिर्ने गरि काम गर्ने उनले बताए । कार्यक्रमको लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयको उप-सचिव दिवाकर भण्डारीले कार्यक्रमको उद्घाटन गर्दै संस्थागत एकता र अधिकारी प्राप्तीमा लाग्न सुझाव दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।