ताजा अपडेट »

गायक प्रकाश तिमल्सिना मृत फेला

आइतबार, २७ साउन २०८१, ०७ : ५४
2.27K Shares
आइतबार, २७ साउन २०८१
2.27K Shares

काठमाडौं । पृथक शैलीका गीत गाएर लाखौं स्रोताका मन जित्दै आएका लोकप्रिय गायक प्रकाश तिमिल्सिनाको दुखद निधन भएको छ । शनिवार साँझ गायक तिमिल्सिनालाई उनकै निवासमा अचेत अवस्थामा फेला पारिएको थियो । ललितपरको भैँसेपाटीमा बसोबास गर्दै आइरहेका सुनसरीका स्थायी वासिन्दा गायक तिमिल्सिनालाई शनिवार साँझ छ बजेको समयमा घरकै ओछ्यानमा अचेत अवस्थामा फेला पारिएको थियो ।

गायक तिमिल्सिनाको पारिवारिक स्रोतले दिएको जानकारी अनुसार उनलाई तत्काल उपचारका लागि पाटन अस्पताल लगिएको थियो । यद्यपि, अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

प्राकृतिक विपत्तिका कारण बाल्यकालमै आफ्ना परिवारका सबै सदस्यका साथै आफ्नो आँखाको ज्योति समेत गुमाएका गायक तिमिल्सिना २०६५ सालमा ईमेज च्यानलले आयोजना गरेको गाएन  रियालिटी शोमा विजयी हुँदै दर्शक तथा स्रोताको नजरमा परेका थिए । आँखाको ज्योति फिर्ता पाउन संघर्षरत उनी अमेरिका गएर उपचार गराउने कुरा आफ्ना निकटका व्यक्तिहरुलाई बताउँदै आएका थिए ।

गायक तिमिल्सिनाले गाएका गीतहरु मध्ये  प्रिय तिम्रो सिउँदोमा सिन्दुर भर्न देऊ, तिम्रो हातको सिन्दुर, जुन भन्दिन, तिमीलाई देखेर आँखा त्यहीँ छोडी हिंडे म आदि छन् । यसबाहेक उनले धेरै वटा लोकप्रिय गीतका कभर भर्सन पनि गाएका छन्, जसलाई दर्शक तथा स्रोताले धेरै मन पराएका छन् । 

गायक तिमिल्सिनाको आज आइतवार बिहान पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने तयारी गरिएको छ । गायक तिमिल्सिनाको निधनमा विभिन्न संगीतकर्मीदेखि सर्वसाधारणसम्मले सामाजिक सञ्जालमा अन्तिम श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।