ताजा अपडेट »
नेपाली मुनाल स्याटेलाइटको प्रक्षेपण

नेपाली स्याटेलाइट ‘मुनाल’को प्रक्षेपणका लागि भारतले सहयोग गर्ने सम्झौतामा हस्ताक्षार

आइतबार, २७ साउन २०८१, ०७ : २३
46 Shares
आइतबार, २७ साउन २०८१
46 Shares

काठमाडौं । नेपालले बनाएको भूउपग्रह ‘मुनाल’ प्रक्षेपण गर्न भारतीय विदेश मन्त्रालय र न्यू स्पेस इन्डिया लिमिटेड (एनएसआईएल)बीच सम्झौता भएको छ । मुनाल नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले बनाएको स्याटलाइट हो ।

उक्त स्याटलाइट प्रक्षेपणका लागि अनुदान सहयोग उपलब्ध गराउने समझदारीपत्रमा भारतको विदेश मन्त्रालयको तर्फबाट अनुराग श्रीवास्तव र एनएसआईएलका निर्देशक अरुणाचलम एले हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का सचिव रवीन्द्रप्रसाद ढकाल, नेपाली दूतावासका उपप्रमुख डा. सुरेन्द्र थापा र अन्तरिक्ष प्रतिष्ठान नेपालका संस्थापक डा. अभास मास्केको पनि उपस्थिति थियो।

स्याटेलाइट प्रक्षेपणका लागि २०८० पुसमै भारतसँग सम्झौता भएको थियो। नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठकमा भाग लिन आएका भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा उक्त सम्झौता भएको थियो।

nep-ind-munal-satelite2

मुनाल स्याटेलाइट नास्टको सहयोगमा नेपालमा विकसित गरिएको स्वदेशी उपग्रह हो । स्याटेलाइटको भारतको बेंगलुरूमा प्राविधिक परीक्षण गराइएको थियो। यसको आकार नेपाली स्याट–१ जस्तै छ। नास्टको सहयोगमा नेपालको सरकारी विद्यालयमा कक्षा १२ मा पढ्ने विद्यार्थीले ‘मुनाल हाइस्कुल स्याटेलाइट’ निर्माण गरेका हुन्।

नेपाली अन्तरिक्ष स्टार्टअप एपीएनले यस स्याटेलाइटको डिजाइन र निर्माणमा नेपाली विद्यार्थीहरूलाई सहयोग गरेको छ । मुनाल स्याटेलाइट निर्माणले नेपालमा पनि युवा वैज्ञानिक रहेको उदाहरण दिएको र अवसर पाए नेपालका  विद्यार्थीले पनि आफूलाई अब्बल सावित गर्न सक्न भन्ने सन्देश गएकाे बताइएको छ। 

यो स्याटेलाइट एनएसआईएलको पोलर स्याटेलाइट प्रक्षेपण बाहनमा छिट्टै प्रक्षेपण हुने अपेक्षा गरिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । स्याटेलाइटको भारतबाटै प्रक्षेपण हुनेछ।
 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।