ताजा अपडेट »
आत्महत्या प्रयास

केटाले बिहे गर्न नमानेको भन्दै हाम फाल्न पोलमा चढेकी महिलाको उद्धार

शनिबार, २६ साउन २०८१, २३ : १०
36 Shares
शनिबार, २६ साउन २०८१
36 Shares

काठमाडौं। काठमाडौंको माइतीघर मण्डला स्थित राष्ट्रिय झन्डा राखिएको पोलमाथि चढेर आत्महत्या गर्ने प्रयास गर्ने एक महिलालाई प्रहरीले सकुशल उद्धार गरेको छ। शनिबार दिउँसो  जुम्ला घर भएकी 'तारा शाही' नाम गरेकी एक महिला ‘हामफालेर मर्छु’ भन्दै पोलमाथि चढेकी हुन। 

शनिबार दिउँसो ती महीला पोलमाथि चढेकी थिइन्। लिभ-इन टुगेदरमा रहेका उनका प्रेमीले विवाह गर्न अस्वीकार गरेपछि विगत ३५ दिनदेखि  माइतीघर मण्डलामा धर्ना दिइरहेकी ती महिला आज (शनिबार) पोलमा चढेर हामफाल्ने कोशिस गरेकी हुन्।

आफ्ना कुरा कसैले नसुनेको भन्दै उनले हामफाल्न पोल चढेकी हुन्। खबर पाउनासाथ प्रहरी तत्कालै घटनास्थलमा पुगेका थिए।  उनले पाेलबाट झर्न अस्वीकार गरेपछि महिला प्रहरीको सहयोगमा उनको उद्धार गरिएको हो। उनी पाेलबाटै हामफाल्ने डरले उनलाई डोरीले बाँधेर सुरक्षित रूपमा तल झारिएको प्रहरीले जनाएको छ। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।