ताजा अपडेट »
नाडा अटो शो-२०२४

नाडा अटो शो-२०२४ ईभीमय बन्दै , चिनियाँ गाडीको वर्चस्व हुने

शनिबार, २६ साउन २०८१, १९ : १९
104 Shares
शनिबार, २६ साउन २०८१
104 Shares

काठमाडौं । यही भाद्र ११ देखि १६ गते सम्म भृकुटी मण्डपमा संचालनहुने नाडा अटो शो-२०२४ विद्युतीय सवारी साधन (ईभी) मय हुने भएको छ । गत वर्षभन्दा पनि बढी यो वर्षको नाडा अटो शो विद्युतीय सवारीसाधनले भरिने पक्का भएको हो । ग्राहकहरुको रोजाईमा ईभी पर्न थालेपछि अधिकांश अटो व्यवसायीहरु अन्तर्राष्ट्रिय बजारबाट विभिन्न ब्राण्डका गाडीहरु भित्र्याइरहेका छन् । 

एउटै ब्राण्ड भित्र्याउन दुई/तीनवटा घरानाबीच समेत प्रतिस्पर्धा चलिरहेको छ । नेपालका केही स्थापित  केहि घरानाहरु अन्तर्राष्ट्रिय बजारमा नयाँ ब्राण्डहरु खोजिरहेका छन्। यो ‍पटकको नाडा अटो शोमा बिवाईडीको एम-सिक्स, टाटाकाे टाटा पन्च ईभी, डिपल एल जेरो सेभेन, हुन्डाईको क्रेटा फेस लिफ्ट, अवतार ११ जस्ता गाडीहरू प्रदर्शनीमा राख्न लागिएको छ  भने  भिनफाष्टको भीएफ फाईभ, केई, जिकर, लुमिन लगायतका ब्राण्डहरु पनि नाडा अटो शोमा  राखिने भएको छ ।

चौधरी ग्रुपले नाडा अटो शोलाई लक्षित गरेर एक्सपेङ ल्याउन लागेको छ । महिन्द्राको थ्री एक्स ओ र एक्सयुभी-४०० कार प्रदर्शनीमा राखिनेछ । केहि रेगुलर ब्राण्ड बाहेक सबै ईभी प्रदर्शनीमा राख्न लागिएको छ । नेपालमा ईभीकाे लाेकप्रियता बढेसंगै तथा सरकारले  ईभीमा सहुलियत दिने नीतिका कारण नेपालमा दर्जनौं ब्राण्डहरु भित्रिरहेका छन् ।

साइमेक्स इंकले एम-सिक्स प्रदर्शनीमा राख्ने

बिवाइडीका लागि नेपालको आधारिक बिक्रेता साइमेक्स इंकले एम-सिक्स प्रदर्शनीमा राख्न लागेको हो । कम्पनीले बिवाईडीको एम-६ नाडा अटो शोमा ल्याउने पक्का भएको हो । साइमेक्स इंकले नयाँ विभिन्न मोडलका कारहरु ल्याउने विषयमा अध्ययन गरिरहेको थियो । नाडा अटो शो को मौका पारेर नयाँ मोडलको कार ल्याउन लागेको हो ।

m6

गोल्छा अर्गनाइजेसनले  चिनियाँ  ब्राण्ड काई भित्र्याउने ः

गोल्छा अर्गनाइजेसनकाे जिओ अटोमोबाइल्सले चिनियाँ ब्राण्ड काई भित्र्याउने भएको छ । काई चिनियाँ गाडी उत्पादक कम्पनी चेरीको सब ब्राण्ड हो । जिओ अटोमोबाइल्सले काई एक्स थ्री प्रो भित्र्याउन लागेको हो । यो गाडी लेन्थ ४४०० एमएम, चौडाई १८३१ एमएम, उचाई१६५३ एमएम र ह्‍विलबेस २६३२ एमएम रहेको छ ।

X

लक्ष्मी ग्रुपको लक्ष्मी इमोबिलिटीले पनि यहि गाडी ल्याउन लागेको छ । कम्पनीले एउटा गाडी  ल्याएर परीक्षण गरिरहेको छ । गोल्छा र लक्ष्मी ग्रुप दुबैले एउटै गाडी ल्याउन लागेका हुन् । दुबै घरानाले एउटै गाडी ल्याउन लागेका हुन् । दुई कम्पनीबीच हुने मूल्यको प्रतिस्पर्धाले ग्राहकलाई भने फाइदा हुनेछ ।

टाटाले पन्च ईभी लञ्च गर्ने :

punch

यो पटकको अटो शोमा टाटाको पन्च ईभी देख्न पाइनेछ । सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नाडा अटो शोमा पन्च ईभी ल्याउन लागिएको बताए । नाडा अटो शोमा टाटाको टियागो ल्याएर ग्राहकहरुलाई आकर्षित गर्न सफल पन्च ईभी ल्याउन लागेको हो ।

चौधरी ग्रुप र एमएडब्लुले अवतार–११ ल्याउदै ः

नाडा अटो शोमा देख्न पाइने अर्को प्रिमियम कार हो, अवतार ११ । दुई ठूला घराना चौधरी ग्रुप र एमएडब्लु मिलेर ल्याउन लागेका हुन ।

Avatr-11-Front-Styling

१ करोड ४५ लाख रुपैयाँ मूल्य रहेको यो प्रिमियम कार नाडा अटो शोमा प्रदर्शनीमा राखिनेछ । ४ युनिट कार नेपाल आइसकेको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ हुन्डाई क्रेटा प्रदर्शनीमा राख्ने 

नेपालमा हुन्डाई गाडीको आधिकारिक आयातकर्ता तथा वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ हुन्डाई क्रेटा (फेसलिफ्ट) लाई हालै मात्र सार्वजनिक गरेकाे छ। लक्ष्मी इन्टरकन्टिनेन्टलले नाडा अटो शोमा उक्त क्रेटा प्रदर्शनीमा राख्ने भएको हाे । सन् २०१५ बाट लक्ष्मी हुन्डाईले नेपालमा क्रेटाको बिक्री प्रारम्भ गरेको थियो । नयाँ क्रेटा फेसलिफ्टमा  विभिन्न आधुनिक फिचर्स तथा थप नयाँ सुविधाहरु उपलब्ध रहेका छन् । नयाँ हुन्डाई क्रेटाको प्रारम्भिक मूल्य ५५ लाख ९६ हजार रुपैयाँ राखिएको छ ।  कम्पनीले यो कार नाडा अटो शोमा प्रदर्शनीमा राख्न लागेको हो ।

hyundai-creta-facelift-left-front-three-quarter2

शारडा ग्रुपले चिनियाँ प्रिमियम ब्राण्ड जिकर ल्याउदैं

चिनियाँ प्रिमियम इलेक्ट्रिक कार ब्राण्ड जिकर शारडा ग्रुपले ल्याउने भएको छ । नेपालका सबै जसो व्यापारिक घरानाले ल्याउन खोजेको यो ब्राण्डको आधिकारिक बिक्रेता शारडा ग्रुप अन्तर्गतको पायोनियर मोटोकर्प प्रालि नियुक्त भएको हो ।  जिकर झिजियाङ जिली होल्डिङ ग्रुपको ब्राण्ड हो । यो गाडी नाडा अटो शो मा देख्न पाइनेछ ।

2024011004305479
उपरोक्त केही नयाँ ईभी ब्राण्डहरु बाहेक नाडा अटो शोमा अन्य नियमित चलेका विद्युतिय सवारीहरु  २–पाङग्रे, ३–पाङग्रे, ४–पाङग्रे, लाइट कमर्शियल, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणलाई हरुका अलावा डिजेल तथा पेट्रोल भेरीयन्टका अन्य सवारी साधनहरू पनि प्रर्दशनीमा रहने छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।