ताजा अपडेट »
ल्याटिन अमेरिकी देशहरुमा बीवाईडी

ल्याटिन अमेरिकी देशहरुमा बीवाईडीको आक्रामक  बजार विस्तार

शनिबार, २६ साउन २०८१, १७ : २५
88 Shares
शनिबार, २६ साउन २०८१
88 Shares

एजेन्सी । विद्युतीय सवारी उत्पादनमा विश्वभर प्रभाव जमाउँदै गरेको बीवाईडी पछिल्लो समय ल्याटिन अमेरिकी देशहरुमा पनि तीब्र रुपमा आफ्नो व्यापार विस्तार गरेको छ । बीवाईडीको व्यापार विस्तारले ल्याटिन अमेरिकी देशहरुको बजारलाई नै परिमार्जन गरिदिएको बताइन्छ । थुप्रै दबाबका बीच हाल बीवाईडीले आफ्नो व्यापारलाई अमेरिकाभर रणनीतिक रुपमा आक्रामक बजार विस्तार गरिरहेको छ । विद्युती बसहरुका साथ बजार बढाएको बीवाईडीले रणनीतिक रुपमा आफ्नो बजारलाई विस्तार गरिरहेको छ ।
 
कम्पनीले आफ्नो रणनीति अन्तर्गत चिलीमा ऐतिहासिक सम्झौता गर्दै ३७९ विद्युतीय बस डेलिभरी गरेको थियो । यही सफलताले बीवाईडीलाई ब्राजिल, र मेक्सिकोमा पनि विद्युतीय सवारीका उपभोक्ताहरुमाझ पुग्नका लागि उत्प्रेरित बनायो ।  यस्तै बीवाईडीको आक्रामक लक्ष्यलाई लिएर उत्तर अमेरिकामा उसको प्रवेश रणनीतिको रुपमा पनि अर्थ्याइएको छ । यससँगै बीवाईडीको विस्तारमा ब्राजिलको महत्त्वपूर्ण भूमिका थियो ।

बाहियामा ६११ मिलियन डलरको ईभी र ब्याट्री फ्याक्ट्रीको स्थापनाले पनि स्थानीय कार बजारमा यसको प्रभाव देखाउने बताइएको छ । यसैबीच बीवाईडीले ब्राजिलमा आकर्षक र स्टाइलिस इलेक्ट्रिक सेडान लन्च गर्दै त्यहाँ आफ्नो उपस्थितिलाई झन बलियो बनाएको छ ।

यस्तै मेक्रसिको बीवाईडीको अर्को प्रमुख बजार बनेको छ । त्यहाँ कम्पनीले स्थानीय उत्पादन सहायता स्थापना गर्दै आफ्नो प्रभावलाई बलियो बनाएको हो । विभिन्न उत्पादनको शिलशिलामा सार्क पिकअप ट्रक लन्च गर्दै मेक्सिकोमा बीवाईडीले आफ्नो बजारलाई बलियो बनाएको हो । यसले मेक्सिकोको बजारको विशिष्ठ आवश्यकतालाई पूरा गर्ने अपेक्षा गरिएको छ ।

यसवाहेक इक्वेडरमा पनि बीवाईडीले विस्तारले उसको रणनीतिलाई थप संकेत गरेको देखिन्छ । बीवाईडीले एन्डोर कर्पोरेसनसँगको सहकार्यमा इक्वेडरमा विद्युतीय सवारी वितरण गर्दै इक्वेरको शून्य उत्सर्जन यात्री सवारी बढाउने उद्देश्यमा योगदान पुर्‍याएको छ ।

यसैबीच कोलम्बिया र अर्जेन्टिनामा पनि विद्युतीय बसको माग भएको जनाएको छ । जवकि यी देशमा विद्युतीय बस वितरण गर्ने बीवाईडी पहिलो कम्पनी हुनेछ । यसवाहेक बीवाईडीले स्थानीय उत्पादन र साझेदारीलाई पनि बढावा दिँदै आएको छ ।
 



 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।