ताजा अपडेट »

नेपाल मानव धर्म सेवाद्वारा अनाथ आश्रमलाई शैक्षिक सामाग्री तथा खाद्यान्न सहयोग

शनिबार, २६ साउन २०८१, १३ : ३४
182 Shares
शनिबार, २६ साउन २०८१
182 Shares

बुटवल । नेपाल मानव धर्म सेवा समिति, बुटवलले शैक्षिक सामाग्री तथा खाद्यान्न सहयोग गरेको छ । समितिले शनिवार बुटवल उप महानगरपालिका–१५ उजेलापुर स्थित   लुम्बिनी अपाङ्ग दृष्टिबिहिन अनाथ आश्रमलाई खाद्यान्य सहयोग गएर शैक्षिक सामाग्री तथा खाद्यान्न प्रदान गरेको हो ।

सो शैक्षिक सामाग्री तथा खाद्यान्न वितरण कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रवक्ता तथा वडा नम्बर १५ का वडा अध्यक्ष  शिव रानाले जन्म दिनको अवसरमा होटलमा गएर खर्च गर्नु भन्दा सामाजिक कार्यमा खर्च गर्नु पर्ने बताए  । यस्तै मानव धर्म सेवाकि महात्मा गोवद्वन वाइजीले आफ्नो एक गाँस खाना कम गरेर भए नि गरिब तथा बेसाहराहरुलाई सहयोग गरे पुण्य मिल्ने बताइन् ।

महात्मा अम्बिका वाइजीले नेपाल मानव सेवा धर्मको मुल मन्त्र नै गरिब दिनदुखी असाहयको सहयोग गर्नु रहेको बताइन । यो कार्यलाई आगामी दिनमा पनि अझ प्रभावकारी रुपमा अघि बढाउने बताइन् । यस्तै नेपाल मानव धर्म सेवा समिति  सेवा आश्रमका कोषाध्यक्ष भिम गुरुङले नेपाल भर १५ वटा आश्रम रहेको बताउदै  युवालाई सकारात्मक सोच र बाटोमा हिड्नु आफुहरुको उद्देश्य रहेको बताए ।

लुम्बिनी क्षेत्र आश्रम युवा संगठन संयोजक दिपक पङगेनीले आश्रम बस्ने कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेको जानकारी दिए । आश्रमका अध्यक्ष लिलाराम रोका मगरले क्लबले खाद्यान्य सहयोग गरेकोमा धन्यवाद दिँदै यस्तै प्रकारका सहयोगले नै आश्रम चलेको बताए ।

२०७३ सालमा स्थापना भएको लुम्बिनी अनाथ आश्रममा शारिरिक रुपमा अपाङ्ग भएका चार जना, दृष्टि विहिन नौ जना १७ जना बालबालिका र सहयोगी गरि हाल ३५जना रहेको आश्रमका अध्यक्ष रोका मगरले बताए । कार्यक्रमको संचालन केन्द्रिय युवा संगठन सह संयोजक शिवराज गौतमले गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।