ताजा अपडेट »

प्रभु बैंकको ३ सय १५औं शाखा प्युठानको बिजुवारमा

शनिबार, २६ साउन २०८१, ०६ : ३८
38 Shares
शनिबार, २६ साउन २०८१
38 Shares

काठमाडौं । अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धीका रुपमा अगाडि बढिरहेको प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा यही साउन २५ देखि प्युठानको  बिजुवारमा आफ्नो ३ सय १५ औं शाखा सञ्चालनमा ल्याएको छ । जिल्ला समन्वय समिति प्रमुख धरम बहादुर जीसीले बैंकको नयाँ शाखा उद्घाटन गरेका हुन् ।

प्रभु बैंक लिले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्ने क्रममा  विभिन्न ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरेको छ । प्रभु बैंकको यो अभियानले देशभर बैंकिङ पहुँचमा वृद्धि हुनुका साथै समग्र देशको आर्थिक विकासमा  समेत सकारात्मक टेवा पुग्ने अपेक्षा गरिएको छ ।

बैंकको बिजुवार शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने पनि बैंकले विश्वास लिएको छ ।

त्यसैगरी, ग्राहकहरुको रोजाइको अग्रणी बैंकको रुपमा रहेको तथा “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३ सय १५ शाखा कार्यालयहरु, २ सय ८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाखभन्दा बढी ग्राहकहरुलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ ।

 प्रभु बैंक छोटो समयको अन्तरालमै फिनाकल इन्फोसिस इनोभेसन गोल्ड–२०२४ अवार्डबाट समेत सम्मानित भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।