ताजा अपडेट »

एभरेष्टमा लागुऔषध र ट्राफिक नियम बारे सचेतना कार्यक्रम

शुक्रबार, २५ साउन २०८१, १९ : १९
46 Shares
शुक्रबार, २५ साउन २०८१
46 Shares

बुटवल । बुटवल-८, सुख्खानगरमा रहेको एभरेष्ट इङ्लिस बोर्डिङ माध्यमिक विद्यालयमा ट्राफिक सचेतना तथा लागूपदार्थ दुव्र्यसनीविरुद्वको सचेतनामुलक कार्यक्रम गरिएको छ । व्यवस्थापन समूहको कक्षा १२ का छात्रछात्रालाई लक्षित गरी ट्राफिक सचेतनामुलक कार्यक्रम गरिएको हो । 

श्रवणपथ प्रहरी चौकी बुटवलका प्रहरी सहायक निरीक्षक खगेन्द्र पराजुलीले विद्यार्थीहरुलाई सडक दुर्घटना तथा ट्राफिक नियमकाबारेमा सचेतना प्रदान गर्नुभएको थियो । दिनप्रतिदिन बढ्दै गएको सडक दुर्घटनालाई न्यूनीकरण गर्ने र विद्यार्थीका माध्यमबाट समाजलाई सचेतना फैलाउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको विद्यालयले जनाएको छ । कार्यक्रममा कक्षा १२ का १६० जना छात्रछात्राको सहभागिता रहेको थियो । यसैगरी शुक्रबारनै विद्यालयमा लागूपदार्थ दुव्र्यसनीविरुद्वको सचेतनामुलक कार्यक्रम गरिएको छ । 

व्यवस्थापन समूहको कक्षा ११ का विद्यार्थीहरुलाई लक्षित गरी कार्यक्रम गरिएको हो । लायन्स क्लब अफ बुटवल-सिद्वार्थको सहकार्यमा भएको कार्यक्रममा प्रशिक्षक मिन सेनले युवा अवस्थामा प्रवेश गर्दै गरेका विद्यार्थीमा लागुऔषध दुव्यसनीले मानवस्वास्थ्यमा पार्ने असरका बारेमा जानकारी गराउनु भएको थियो । उहाँले लागुऔषध र दुब्यसनीका बारेमा विद्यार्थी आफै सचेत भएर समुदायलाई पनि सचेत पार्नु पर्ने बताउनुभयो । शिक्षक समिर पौडेलले कार्यक्रमको सहजीकरण गर्नुभएको कार्यक्रममा कक्षा ११ का १३० जना छात्रछात्राको सहभागिता रहेको थियो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।