ताजा अपडेट »

नयाँ तीज भाका ‘हाई मेरी मायालु...’ सार्वजनिक

शुक्रबार, २५ साउन २०८१, १८ : ५८
212 Shares
शुक्रबार, २५ साउन २०८१
212 Shares

बुटवल । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा गायक नारायण वी.पी. परियार र गायिका विष्णु श्रीपालीले नयाँ तीज भाका ‘हाई मेरो मायालु..’ बजारमा ल्याएका छन् । पछिल्लो समय तीज गीत झड्किलो र मौलिकतानै मासिने खालको आएका भन्दै आलोचना भैरहेका बेला दर्शक तथा श्रोतालाई फरक स्वाद दिने गरी गीत ल्याएको गायक परियारले दाबी गरे । मौलिक भाका तथा शब्द संकलनसहित तयार पारिएको गीत तथा म्युजिक भिडियोको शुक्रबार एक समारोहका बीच विमोचन गरिएको हो ।

नेपाली मौतिकता र परम्परालाई काम राख्दै शिव हमालको लय तथा शब्दमा रहेका गीतले दर्शक श्रोताको माया पाउने गायक परियारले विश्वास व्यक्त गरे । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेशका अध्यक्ष गायक दिपु मगरले गीतको म्युजिक भिडियो विमोचन गर्दै सफलताको शुभकामना व्यक्त गरे । कार्यक्रमको सञ्चालन चर्चित उद्घोषक सुमन श्रेष्ठले गरेका थिए ।  गीतका लागि सिवा खनाल, कल्पना परियार तथा सोनी सुनारले समेत स्वरमा साथ दिएका छन् । स्मृती मिमिल्सिना ‘गुरुमा’को निर्देशन तथा कोरियोग्राममा तयार पारिएको म्युजिक भिडियोका लागि कलाकार रायन बस्याल र सोनी सुनारको अभिनय रहेको छ । नविन घर्ती मगरको सम्पादन रहेको भिडियोको छायांकन अजय रेग्मीले गरेका छन् । म्युजिक भिडियो गायिका विष्णु श्रीपालीको यूटुव च्यानलमा हेर्न तथा सुन्न सकिन्छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।