ताजा अपडेट »

ट्रक समितिसँग बुटवल हस्पिटलप्रा.लि.को उपचार सम्झौंता

शुक्रबार, २५ साउन २०८१, १५ : ५९
118 Shares
शुक्रबार, २५ साउन २०८१
118 Shares

बुटवल । आकस्मीक दुर्घटना या अन्य बिरामीहरुको उपचारमा सहजता ल्याउनका लागि बुटवल हस्पिटल प्रा.लि.ले पश्चिमाञ्चल यातायात (ट्रक) व्यावसायी समितिसँग उपचार सहजता सम्झौता गरेको छ । सम्झौता गरेसँगै समितिमा आवद्ध यातायात व्यवासायीहरुले दुर्घटना या कुनै घटनामा हुने विरामीको उपचारमा सहुलीयत पाउने भएका छन् ।  

उपचार गर्न जाने विरामीहरुका लागि लाग्ने शुल्कमा हस्पिटलले छुट सुविधा उपलब्धता गराउने भएको छ । सम्झौतापछि ट्रक समितिको सिफारिसमा बुटवल हस्पिटलले बिरामीको उपचार गर्ने छ । संस्थागत सिफारिसमा आउने समितिमा आवद्ध व्यवसायीहरु, कर्मचारी तथा उनका परिवारका सदस्यहरुका लागि अस्पतालले विशेष छुटसहित उपचार गर्ने गरि लिखित सम्झौता गरेको हो ।

सम्झौतामा बुटवल हस्पिटल प्रा.लि.का उपाध्यक्ष ललितप्रसाद खरेल, अस्पतालका मेडिकल निर्देशक डा कृष्ण खनाल, जनरल म्यानेजर देवेश कर्णले हस्ताक्षर गरेका छन् भने ट्रक व्यवसायी समितिका तर्फबाट वरिष्ठ उपाध्यक्ष कमल घिमिरे, सचिव बसन्त खड्का र मुख्य सहायक हिक्मत आचार्यले हस्ताक्षर गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।