ताजा अपडेट »

लुम्बिनीका वनमन्त्री कुर्मी विरुद्ध अन्दोलन: सरकारले अपराधीको संरक्षण गरेको आरोप

शुक्रबार, २५ साउन २०८१, ११ : ५९
164 Shares
शुक्रबार, २५ साउन २०८१
164 Shares

बुटवल । लुम्बिनी प्रदेशका बादशाह कुर्मीलाई मन्त्री बनाएको विरोधमा आन्दोलन सुरु भएको छ । संविधानको मर्म र भावना विपरित महिलाका मुद्दाहरुलाई कुल्चिने काम अहिलेको सरकारले गरेको भन्दै बाँकेकी निर्मल कुर्मीको न्यायको लागि आजदेखि माइतीघर मण्डलामा शान्तिपूर्ण आन्दोलन सुरु भएको छ । अहिलेको सरकारले पीडितलाई अझै पिडा दिएर अपराधीको संरक्षण गर्दै राज्य सञ्चालनको जिम्मा दिएर संविधानको धज्जी उठाएको अधिकर्मी रुवि खान बताइन् ।

लोकतन्त्रको भावना र संविधानको मर्म विपरित सरकारको असंवेदनशील कदम विरुद्ध नेपालको संविधान हातमा बोकी पाँचौ चरणको शान्तिपूर्ण अन्दोलन सुरु गरेको उनले बताईन् ।निर्मला कुर्मीको मुद्दा अदालत पठाउन पटक पटक सरकारले सहमति गरेपनि आफूहरुलाई कमजोर बनाउन खोज्दै मुख्य अभियुक्तलाई नै प्रदेश मन्त्री बनाई सत्ताधारी पार्टीले संरक्षण गरेको भन्दै महिला अधिकारकर्मी र पीडित परिवारले पुनः आन्दोलन सुरु गरेका हुन् ।

बाँकेकी निर्मला कुर्मीको अपहरण तथा शरिर बन्धक, कर्तव्य ज्यान मुद्धा र सम्पत्ति हिनामिनामा संलग्न रहेको भनिएका बादशाह कुर्मीले साउन ९ गते लुम्बिनी प्रदेशको मन्त्रीको रुपमा सपथ लिएका हुन् । अहिले उनले वन मन्त्रीको जिम्मा पनि पाइसकेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।