ताजा अपडेट »

सिटी स्क्वायर मलमा QFX काे १७औं हल, सुतेर सिनेमा हेर्न मिल्ने

१८ करोड लागतमा ३ वटा पर्दा सहीतको हल

शुक्रबार, २५ साउन २०८१, ०७ : ५३
46 Shares
शुक्रबार, २५ साउन २०८१
46 Shares

काठमाडौं । काठमाडौंको सामाखुशीमा रहेको सिटी स्क्वायर मलमा क्युएफएक्स चेनको नयाँ सिनेमा हल संचालनमा आएको छ । हलको बिहीबार अभिनेता अभिनेता किरण केसी, रमेश उप्रेती, जितु नेपाल, प्रदीप खड्का, गायक प्रकाश सपुत र अभिनेत्री नीति शाहले संयुक्त रूपमा उक्त सिनेमा उद्घाटन गरेका हुन ।
 
तीनवटा पर्दा रहेको याे हलमा ४९७ जाना दर्शकले एक साथ सिनेमा हेर्न सक्नेछन् । सामाखुसी स्थित सिटी स्क्वायर महलको नवौँ तलामा रहेको यस हल हलको ११ औँ र १२ औँ तलामा दर्शकहरूलाई रिफ्रेसमेन्टका लागि कसमी बार एण्ड लाउन्ज समेत सञ्चालनमा ल्याइएको छ । हलकाे हरेक पर्दामा सोफा सेटसहित सुतेर सिनेमा हेर्ने मिल्ने सिट जडान गरिएको छ ।

Untitled-4

उद्घाटनपछि कुराकानी गर्दै हल सञ्चालक सुमित मैनालीले हलका सबै थिएटरमा पिक्चर र साउण्ड क्वालिटीलाई उच्च प्राथमिकता राखेर उत्कृष्ट साउण्ड एरोम्याक्स वाई बार्को र दक्षिण एशियाकै सिरिज फोर बार्को लेजर प्रोजेक्सन प्रविधि जडान गरिएको बताए।

 ४९७ सय सिट दर्शक क्षमता रहेको याे हल  क्युएफएक्स चेनको अन्तर्गत संचालन हुनेछ । यससँगै  नेपालमा क्यूएफएक्सको हल संख्या १७ पुगेको छ । ३ वटा थिएटरका लागि १८ करोड लगानी गरीएकाे हल व्यवस्थापनले जनाएकाे छ ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।