ताजा अपडेट »
अटाेमाेबाइल

१७ लाख ४९ हजार भारुमा लन्च भयो टाटा कर्भ ईभी, यस्तो छ विशेषता

शुक्रबार, २५ साउन २०८१, ०८ : ००
20 Shares
शुक्रबार, २५ साउन २०८१
20 Shares

टाटा मोटर्सले भारतीय बजारमा कर्भ एसयूभी लन्च गरेको छ । सो कुपे एसयुभीको शुरुवाती मूल्य १७ लाख ४९ हजार भारु निर्धारण गरिएको छ । साथै यसको महंगो भेरिएन्ट इम्पावर्ड प्लसको मूल्य २१ लाख २५ हजार भारु तोकिएको छ ।
   
टाटा मोटर्सले पहिलो पटक २०२३ को अटो एक्सपोमा यसको कन्सेप्ट सार्बजनिक गरेको थियो । सोही कन्सेप्टमा आधारित रहेर डिजाइन गरिएको कर्भ ईभी अन्तत लन्च भएको हो । यसमा स्प्लिट हेडल्याम्प सेटअप र एलईडी लाइट बार, स्टाइलिश कूपे जस्तो रूफलाइन र निरन्तर एलईडी टेललाइटको साथ एक अपराइट रियर फेसिया रहेको छ ।

टाटा मोटर्सका अनुसार कर्भ ईभीमार्फत कम्पनीले गुरुत्वाकर्षण केन्द्रलाई ६० एमएमले घटाउन र ५०ः५० वजन वितरण हासिल गर्न सफल भएको छ । कारमा १९० एमएम ग्राउन्ड क्लियरेन्स छ र ४५० एमएमको वेडिङ डेप्थ छ ।

सो एसयूभीको इन्टेरियरमा १२.३ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली राखिएको छ । ड्यासबोर्डको कुरा गर्नुपर्दा यो एकदमै साधारण र सामन्य डिजाइनमा उपलब्ध छ । कारमा ४–स्पोक मल्टि–फङ्क्शन स्टेयरिङ ह्वील र १०.२ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर छ ।

एसयूभीमा ६–वे पावर एडजस्टेबल ड्राइभर सिट, भेन्टिलेटेड फ्रन्ट सिट, रिक्लाइनिङ रियर सिट, पानोरामिक सनरुफ, ९ स्पिकर जेबीएल साउन्ड सिस्टम र जेस्चर कन्ट्रोल इलेक्ट्रिक टेलगेट जस्ता सुविधा पाउन सकिन्छ ।

२० भन्दा बढी सेफ्टि फिचर पाउन सकिने कर्भ ईभीमा लेभल–२ एडास, ३६० डिग्री क्यामेरा, ब्लाइन्ड स्पट मोनिटरिङ सिस्टम, ६ एयरब्याग, ईएसपी र अटो होल्डसहितको इलेक्ट्रोनिक पार्किङ ब्रेक लगायत सुविधा दिइएको छ ।

सो एसयूभी ४५ किलोवाट आवर र ५५ किलोवाट आवरको ब्याट्री प्याकमा उपलब्ध छ भने मोटर १२३ किलोवाट क्षमताको जडान गरिएको छ । कर्भ ईभीले सिंगल चार्जमा ५०२ र ५८५ किलोमिटर रेन्ज प्रदान गर्ने एआएआईले प्रमाणित गरेको छ । यसले ८.६ सेकेन्डमै शून्यदेखी १०० किलोमिटर प्रति घण्टाको गति पकड्न सक्छ भने टप स्पिड १६० प्रति घण्टा दाबी गरिएको छ ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।