ताजा अपडेट »
अटाेमाेबाइल

केटीएम ३९० एड्भेन्चर, २०२४ मोडलको नेपालमा खुल्यो प्रि–बुकिङ

विहीबार, २४ साउन २०८१, २२ : २४
64 Shares
विहीबार, २४ साउन २०८१
64 Shares

काठमाडौं – नेपाली बजारमा २०२४ मोडलको केटीएम ३९० एड्भेन्चर मोटरसाइकल उपलब्ध हुने भएको छ । नेपालमा केटीएमको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले सो बाइकको प्रि–बुकिङ खुला गरेको छ । २०२४ केटीएम ३९० एड्भेन्चर बाइकमा ३७३ सीसी, सिंगल सिलिन्डर, फोर भल्व, एफआई इन्जिन उपलब्ध छ । सो इन्जिनले ४३.५ पीएस पावर र ३७ एनएम टर्क जेनेरेट गर्छ ।

यसमा बोस इलेक्ट्रोनिक फ्युल इन्जेक्सन सिस्टम छ । यसको फ्रन्टमा डब्ल्युपी एपेक्स युएसडी ओपन–क्याट्रिज फोक्र्स सस्पेन्सन छ भने रियरमा डब्ल्युपी एपेक्स मोनोसक सस्पेन्सन छ । ब्रेकिङका लागि फ्रन्ट र रियरमा ड्युअल च्यानल एबीएस ३२० एमएम र २३० एमएमको डिस्क ब्रेक दिइएको छ ।

केटीएम ३९० एड्भेन्चर बाइकमा ट्रयाक्सन कन्ट्रोल सिस्टमको लागि स्ट्रिट र अफरोड मोड उपलब्ध छ । सो बाइक एक्कासी रोकिएमा वा लडेमा पनि अफरोड मोड सक्रिय रहनेछ । यसका कारण बाइक चलाउन सुरक्षित हुन्छ ।

यसमा रोबुस्ट कास्ट ह्विल उपलब्ध छ । यसमा टीएफटी ड्यास डिस्प्ले टाइपको इन्स्ट्रयुमेन्ट क्लस्टर छ । एमटीसी, राइडिङ मोड, कर्नरिङ एबीएस, अफरोड एबीएस, राइड–बाई–वायर, क्विकसिफ्टर प्लस, स्लिपर क्लच, १२ भोल्ट युएसबी सकेट जस्ता विशेषता यसमा रहेका छन् ।

१४.५ लिटरको फ्युल ट्यांकी रहेको यो बाइकको ग्राउन्ड क्लियरेन्स २०० एमएम छ । फुल स्प्लिट एलईडी हेडल्याम्प रहेको केटीएम ३९० एड्भेन्चरको मूल्य ९ लाख ९९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

 आगामी भदौ ११ देखि शुरु हुने नाडा अटो शो भन्दा पहिले नै यो बाइक ग्राहकले पाउन सक्ने कम्पनीको भनाइ छ । बाइकको साथमा करिव ४६ हजार मूल्यको एरो -याप हेल्मेट र एरिएट गगल्स समेत पाइने छ ।

 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।