ताजा अपडेट »

विद्यार्थीको आन्दोलन थेक्न नसकेपछी बुटवल बहुमुखी क्याम्पसका प्रमुखले दिए राजिनामा

विहीबार, २४ साउन २०८१, २० : ५०
2.86K Shares
विहीबार, २४ साउन २०८१
2.86K Shares

बुटवल । नेपाल विद्यार्थी संघको आन्दोलनका कारण बुटवल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. खिमानन्द न्यौपाने विहिबार उपकुलपति समक्ष राजिनामा पेश गरेका छन् ।

क्याम्पस प्रमुखले अस्वस्थ भएर राजिना दिएको बताए पनि क्याम्पस प्रमुख बिरामी परेर भन्दा नि आफुहरुको आन्दोलन थेक्न नसकेर राजिनामा दिएको नेविसंघका रुपन्देही अध्यक्ष सन्दिप पाण्डेले दावी गरे । 

नेपाल विद्यार्थी संघले बुटवल बहुमुखी क्याम्पसमा मंगलबार देखी विद्यार्थी संगठन बिच भएको विवादका  बिच बुधबार विद्यार्थी माथी प्रहरी द्वारा निर्दोष विद्यार्थी माथि भएको अस्वभाविक  लाठी चार्ज प्रती आपत्ति जनाउँदै क्याम्पस प्रमुखलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम  राखी ५ बजे सम्म सम्पर्क गर्दा पनि क्याम्पस प्रमुख  उपस्थित नभएपछि तालाबन्दी गरेको थियो ।

तालबन्दी पश्चात् इलाका प्रशासन कार्यालय बुटवलका डिएसपी विजयराज पण्डित सहित प्रहरीले तालाबन्दी फोरेर सहायक क्याम्पस प्रमुखहरुलाई बाहिर निकाल्न खोज्दा नेविसंघले रोकेको थियो ।

बुधबार लाठी चार्ज गरेको प्रहरीले विहिबार भने बल प्रयोग नगरी नेविसंघको छेकथुनलाई साम्य बनाउने प्रयास गरेको थियो । सोही क्रममा बुटवल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुखले राजिनामा पेस गरेपछि नेविसंघले आफैं तालाबन्दी खोलेको थियो ।

बुधबार भएको लाठी चार्जमा नेविसंघका केन्द्रीय सदस्य प्रदिप घर्ती मगर लगायतका विद्यार्थी नेता तथा विद्यार्थीहरु घाइते भएका थिए । त्यसपश्चात क्याम्पस प्रमुखसँग ज्ञापन बुझाउन भन्दै योजना बनाएको नेविसंघले अन्ततः तालाबन्दी गरि क्याम्पस प्रमुखको राजिनामा दिन बाध्य गराएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।