ताजा अपडेट »

बुटवल हस्पिटलमा रक्तदान, ७५ युनिट रगत संकलन

विहीबार, २४ साउन २०८१, १८ : १६
202 Shares
विहीबार, २४ साउन २०८१
202 Shares

बुटवल । यस क्षेत्रमा रगतको अभाव भैरहेको समयमा बुटवल हस्पिटल प्रा. लि. ले बिहिबार रक्तदान कार्यक्रम गरेको छ । रगतदान जीवन दानको नारासहित आयोजना गरिएको रक्तदान कार्यक्रममा ७५ युनिट रगत संकलन भएको छ । रक्तदान कार्यक्रममा अस्पतालका चिकित्सक, नर्स लगायतका कर्मचारीहरुले रक्तदान गरेका थिए । 

बुटवल हस्पिटल प्रा लिले भर्खरै नवनिर्मित भवनबाट सेवा प्रारम्भ गरेको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको जनाएको छ । अस्पताल परिसरमा भएको रक्तदान कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष ललित खरेल, सचिव मोहन पाण्डे, मेडिकिल निर्देशक डा. कृष्ण खनाल, वरिष्ठ डा. नन्दु पाठकले विरामीका लागि अत्यन्तै आवश्यक पर्ने रगतको अभाव हुन नदिन अस्पतालले नियमित रुपमा आफ्ना कर्मचारीहरु मार्फत रक्तदान गर्ने बताए । रक्त संचार केन्द्र बुटवलका प्रमुख राधा शर्माले रगत संकलनमा प्रयोग हुने व्याग अस्पतालका पदाधिकारीहरुलाई हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गरिएको थियो । सो अवसरमा ७५ युनिट रगत संकलन भएको थियो । अस्पतालका उपस्थित भएका कतिपय विरामीका आफन्तले पनि रगतदान गरेका थिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।