कविता खनाल/ मन्टेश्वरी शिक्षा प्रणालीको प्रणयताको रुपमा मारिया मन्टेश्वरीको नाम अग्रस्थानमा आउँछ । यसको विकास २० औं शताब्दीको प्रारम्भमा नै भएको पाईन्छ । मारिया मन्टेश्वरीको जन्म सन् १८७० अगष्ट ३१ म ईटलीमा भएको थियो ।
डा. मारिया पेशाले फिजिसियन भए पनि रोम विश्वविद्यालयको मनोचिकित्सा विभागमा रहि सुस्त मनस्थिती भएका वालवालिकाको स्तरबृद्धि कार्यमा सकृय थिइन । उक्त वालवालिकाहरुको उपचार गर्दा गर्दै उनको ध्यान ती सुस्त वालवालिकालाई कसरी उचित शिक्षा प्रदान गर्न सकिन्छ भन्ने तिर गयो । तत् पश्चात विशेष गरि समस्या मुलक, अशक्त, टुहुरा बच्चाहरुलाई कसरी उचित शिक्षा प्रदान गरी सफल र सक्षम बनाउँन सकिन्छ भन्ने विषयमा करिब २ वर्षको प्रयोग पछि उपयुक्त शिक्षण विधी मन्टेश्वरी पद्धतीको विकास गरिन् ।
यस विधिबाट पढाउँदा सुस्त, अशक्तहरुले पनि सामान्य आम नागरिकहरुले जस्तै सिक्न सक्दछन् भन्ने तात्पर्यता का साथै मारिया यस क्षेत्रमा आकर्षित भएको पाइन्छ । प्रयोगात्मक अनुसन्धानबाट ज्ञानेन्द्रियहरु सक्रिय बनाई बच्चाहरुलाई स्वतन्त्र र स्वस्फुर्त रुपमा सिक्न र सिकाउँन सकिने उपयुक्त शिक्षण पद्धती मन्टेश्वरी पद्धतीनै रहेको पुष्टि समेत उनले गरेकी थिइन् । सन् १९१३ मा प्रथम अन्तराष्ट्रिय मन्टेश्वरी प्रशिक्षण कार्यक्रमको आयोजना भयो जसमा अमेरिका, अफ्रिका, भारत र खासगरी युरोपेली देशका मानिसहरु सम्मेलित थिए ।
- “सफल शिक्षक ती हुन् जसले परिस्थिती र बालमनोबिज्ञान बुझेर शिक्षण गर्दछन् ”
उक्त विशेष कार्यक्रममा डा. मारिया समेत सहभागी थिइन् । आफ्नो सम्पुर्ण जिवन मन्टेश्वरी शिक्षा विकासको प्रचार प्रसारका लागि समर्पित गर्दा गर्दै सन् १९५२ मा उनको मृत्यु भयो । प्रारम्भिक चरणमा मारियाले सुस्त, अशक्त वालवालिकाक लागि मात्र भनेर यो पद्धती सुरुवात गरे पनि हाल विश्वभरी नै यो शिक्षण पद्धतीको प्रयोग सबै वालवालिकामा उपयोगको रुपमा आएको छ । नेपालमा भने सन् २००० को हाराहारीमा यसको सुरुवात भएको पाइन्छ । मन्टेश्वरी शिक्षा पूर्व वाल्यअवस्था अथवा पूर्व प्राथमिक तहका (२ देखि ६) वर्षसम्मका वालवालिकाहरुलाई दिइने शिक्षा हो । उनीहरुको शारिरिक ,मानसिक , संवेगात्मक र सामाजिक विकास फरक–फरक हुने गर्दछन्। ती फरक–फरक क्षमता भएका वालवालिका को ईच्छा ,क्षमता वा चाहना बुझेर मन्टेश्वरी शिक्षण पद्धतीबाट शिक्षा प्रदान गरिन्छ । यसले वालवालिको स्वच्छ वालमस्तिष्कको विकास गराउँन टेवा पु–याउँदछ ।
तथ्याङ्क अनसार ८० प्रतिशत मष्तिस्कको विकास हुने भनेकै यही पुर्ववाल्य अवस्था नै हो तसर्थ यही उमेरमा नै वालवालिका हरुलाई स्वतन्त्र रुपमा शिक्षा प्रदान गर्न मन्टेश्वरी पद्धती उपयुक्त हुन्छ । हरेक वादवालिकाहरुको भिन्नभिन्न र विशेष क्षमता लिएर जन्मिएका हुन्छन् । उनीहरुलाई प्यारेन्टल गाईडलाइन को रुपमा आफ्नै ईच्छा ,गती र चाल अनुसार सिक्ने वातावरण सृजना गर्ने मान्यता स्थापित गर्नु नै मन्टेश्वरी शिक्षा पद्धतीको मुख्य मान्यता रहेको छ ।
ज्ञानेन्द्रियहरुलाई सक्रिय बनाउँन वालवालिकालाई स्वतन्त्र रुपमा विभिन्न शैक्षिक सामाग्रीहरु उपलब्ध गराई छोएर , महसुश गराएर , सांकेतिक दृश्य प्रदर्शन गरेर शिक्षा प्रदान गर्न सकिने यस पद्धती विद्यमान अवस्थामा ज्यादै उपयोगी भएको पाइन्छ । पुर्व प्राथमिक तहमा यस पद्धती अनसार शिक्षण गराउँन सकियो भने वालवालिकाहरु विद्यालय सहज रुपमा जाने वातावरणको सृजना गराउँन सकिन्छ ।
गित–संगितको माध्यमबाट होस वा खेलका माध्यमबाट होस उनीहरुलाई सहजै सिकाउन सकिने हुँदा वालवालिकाहरु विद्यालय जान उत्साहित हुने गर्दछन् । अहिले पुर्व प्राथमिक तहका वालवालिकाहरुलाई सरकारी विद्यालय होस् वा निजी विद्यालय होस यस विधिबाट शिक्षा प्रदान गरेको पाइन्छ जुन अत्यन्तै प्रशंसनीय रहेको छ । यसले वालवालिकाहरुलाई कुनै बोझ बिनानै सिक्नु पर्ने कुराहरु खेल्दै –सिक्दै , सिक्दै– खेल्दै प्रकृया अनुसार सिकिरहेका हुन्छन् । यसले वालवालिकाहरुको ब्यक्तित्व विकास , मांसपेशीको विकास , ज्ञानेन्द्रियको विकास ,एक अर्का प्रति को सम्मानको विकास का साथै अनुशासन को मर्यादित विकासक्रममा टेवा पु–याउँदछ ।
परम्परागत शिक्षा प्रणालीलाई परित्याग र परिमार्जित गरी आधुनिक शिक्षा प्रणालीमा आधारित मन्टेश्वरी पद्धतीबाट शिक्षा प्रदान गर्न आजको आवश्यकता बन्न गएको छ । देशका सहरी क्षेत्र लगायत ग्रामीण क्षेत्रमा पनि यसको प्रभाव र महत्व सम्पुर्ण अभिभावकजनमा पुग्न गएको छ । सरकारले पनि पुर्व प्राथमिक तहका विद्मार्थीलाई स्तरीय शिक्षा प्रदान गर्न उक्त तहका शिक्षकहरुलाई तालिम प्रदान गरिरहेको छ ।
हरेक विद्मालयहरुले पनि आ–आफ्नो विद्यालयमा पुर्व प्राथामिक तहमा मन्टेश्वरी पद्धती अनुसार शिक्षा प्रदान गर्न सके पूर्व प्राथमिक तहका वालवालिका हरुमा शिक्षाको नविनतम ज्ञान ,सिप ,क्षमता र चेतना अभिबृद्धि अवश्य हुनेछ । सो कार्यमा ढिला नगरी अविलम्व सरोकारवाला निकाय तदारुकताका साथ लाग्न सके पूर्व प्राथमिक तहको शिक्षा पद्धतीमा एतिहासिक नतिजा हासिल गर्न सकिन्छ ।
प्रतिक्रिया