ताजा अपडेट »
एआई प्रविधि

एआईबाट निर्माण गरीएकाे नेपालकै पहिलो म्यूजिक भिडियो सार्वजनिक

विहीबार, २४ साउन २०८१, ०९ : ३०
36 Shares
विहीबार, २४ साउन २०८१
36 Shares

काठमाडौं । नेपाली साङ्गीतिक समूह (ब्यान्ड) द भाइब्जले एआईको सहयोगमा निर्माण गरेको म्यूजिक भिडियो सार्वजनिक भएको छ । अमेरिकामा आधारित यस ब्यान्डले सोमवार सम्पूर्ण दृश्य नै  एआईमार्फत तयार पारिएको म्यूजिक भिडियो युट्युबमा सार्वजनिक गरेको हो । यसलाई भाइब्स ब्यान्डले नेपालकै पहिलो एआई म्यूजिक भिडियोभएको दाबी गरेको छ ।

ब्यान्डले सन् २००५ मा कम्पोज गरेको ‘थाकिसकेँ’ बोलको गीतको म्युजिक भिडिओका लागि एआई टुल प्रयोग गरेको हो । सन् २००८ मा सार्वजनिक द भाइब्ज जेनरेसन एल्बममा यो गीत समावेश छ । अहिले सोही गीतलाई परिमार्जन गरेर नयाँ रेकर्डिङ गर्दै म्युजिक भिडिओ बनाएको द भाइब्ज ब्यान्डका भोकलिस्ट प्रइन सिंहले बताए ।  

उनका अनुसार म्युजिक भिडिओ बनाउन मिडजर्नी, रनवे एमएल, लुमा एआई, क्लिङ एआई र टोपाज् भिडिओ एआई टुल प्रयोग गरिएको छ । भिडिओमा युगल जोडीको प्रेम र वियोगको कथा प्रस्तुत छ । ​भिडिओमा देखिएका मुख्य पात्रहरूदेखि गाउँ-शहरसम्मका सबै दृश्य एआईले बनाएको ब्यान्डले जनाएको छ ।

यद्यपि भिडिओ क्लिप एआईले बनाए पनि निर्देशन, सम्पादन तथा कलर ग्रेडिङको काम व्यक्तिले नै गरेका हुन् । जुन ब्यान्डका भोकलिस्ट सिंह आफैंले गरेका हुन् । उनले यो म्युजिक भिडिओ बनाउन चार महिना समय लागेको बताएका छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।