ताजा अपडेट »
पालीका बजेट

रुपन्देहीको मायादेवी गाउँपालीकाको बजेट ६८ करोड ९१ लाख ५३ हजार

कृषि, शिक्षा र स्वास्थ्यसँगै पूर्वाधार विकासकार्यमा जाेड

बुधबार, २३ साउन २०८१, २३ : १७
94 Shares
बुधबार, २३ साउन २०८१
94 Shares

भैरहवा । रुपन्देहीको मायादेवी गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२का लागि आफ्नो नीति तथा कार्यक्रम एवं सार्बजनिक गरेकाेछ । मायादेवी गाउँपालिकाका अध्यक्ष ध्रुव नारायण चौधरीले आर्थिक वर्ष २०८१/०८२ का लागि रु. ६८ करोड ९१ लाख ५३ हजार रूपैयाकाे बजेट प्रस्तुत गरेका हुन् ।

गाउँपालिकाले प्रस्तुत बजेट बजेटमा आर्थिक विकासतर्फ रु. ३ करोड ७९ लाख ३ हजार, सामाजिक विकासतर्फ रु.२० करोड ९५ लाख २० हजार, पूर्वाधारतर्फ रु.२८ करोड ३२ लाख ४१ हजार, वातावरण तथा विपद् व्यवस्थापन विकासतर्फ रु.१ करोड ५१ लख ६१ हजार, संस्थागत विकास तथा सेवा प्रवाहतर्फ रु.१४ करोड ३३ लाख ४३ हजारकाे  बजेट विनियोजन गरेको छ ।

गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि अनुमानित आयतर्फ संघीय समानीकरण अनुदान रु.१३ करोड, संघीय सशर्त अनुदान रु.२७ करोड ७८ लाख ३९ हजार, संघीय समपुरक अनुदान रु.१ करोड २५ लाख, संघीय राजस्व बाँडफाँटतर्फ रु.११ करोड ५१ लाख, प्रदेश समानीकरण तर्फ रु.९७ लाख १५ हजार, प्रदेश सशर्त अनुदान रु.८० लाख, प्रदेश राजस्व बाँडफाँड रु.४७ लाख ९ हजार, आन्तरिक आय तर्फ जसमा बैंक मौज्दात समेत गरी रु.११ करोड ६० लाख अनुमानित गरिएको बजेटमा उल्लेख छ ।

गाउँपालिकाले ८१/८२काे बजेटमा  कृषि, शिक्षा र स्वास्थ्यसँगै पूर्वाधार विकासकार्यमा प्राथमिकता दिने गरी जोड दिएको छ । ‘व्यवसायिक कृषि पेशा अवलम्बन गरौं, आत्मनिर्भर बनौं’ भन्ने नारालाई आत्मसाथ गर्दै गाउँपालिकाले व्यवसायीकरण र बजारीकरणका लागि साना कृषक तथा पशुपालकहरुका निम्ति कार्यक्रम सञ्चालन गर्ने, सिंचाई परियोजनाको विस्तार र आउट लाईट विस्तारका लागि बजेट विनियोजन गरेको छ ।

शिक्षा सबैको सरोकार र अधिकार विषय हो : सबैलाई निशुल्क र गुणस्तरीय शिक्षा पाउनुपर्छ भन्दै गरीब तथा अति विपन्न परिवारका विद्यार्थीहरुका लागि छात्रवृत्ति, पुरस्कार जस्ता कार्यक्रम र आवश्यक शैक्षिक सुधार, पूर्वाधारतर्फ बजेट व्यवस्था भएको छ । बजेटमा आमा बुवासँग गाउँपालिका अध्यक्ष कार्यक्रम सञ्चालन गरिने तथा निर्माणाधिन अस्पतालाई पूर्णता दिने लक्ष्य प्रस्तुत गरिएकाे छ ।

गाउँपालिकाभित्र बसोबास गर्ने महिला, दलित, आदिवासी जनजाति, थारु, मुस्लिम, मधेशी, लोपोन्मुख समुदाय,  पिछडा वर्ग, अपांगता भएका व्यक्ति, जेष्ठ नागरिक लगायतका उत्थानका लागि बजेटमा व्यवस्था गरिएकाे छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।