ताजा अपडेट »
नेपाली जडीबुटी

प्रतिक्वीन्टल १ लाखसम्म पर्ने औषधिय गुण भएको सेतो चिनि अर्थात खिराउलाें बारे जानौ

बुधबार, २३ साउन २०८१, २१ : ४३
46 Shares
बुधबार, २३ साउन २०८१
46 Shares

खिराउलाें एक औषधिय गुणले भरिपुर्ण वनस्पति हो। हेर्दा अदुवा जस्ताे लाग्ने याे वनस्पति उच्च हिमाली भागका वनजङलमा पाइन्छ । यसलाई स्थानीय भाषामा सेतक चीनी (सेतो चिनी) पनि भनिन्छ । खिराउलाे चार हजार उचाइमाथि डोल्पा, हुम्लाका र जाजरकोटका पाटनमा पाइन्छ । उक्त खिराउलाे जमिनमुनी सखरखण्डजस्तै फल्ने गर्छ । जमिनमुनि सखरखण्ड जस्तो गरी फलेका दाना खनेर निकालिसकेपछि पकाएर सुकाउनुपर्छ । यो चिनीजस्तै गुलियो हुन्छ ।

कालिकोट, रुकुम, जाजरकोटमा प्रतिक्विन्टल ५ हजार रुपैयाँका दरले खरिद गरी स्थानीयले चीनतर्फ निर्यात गर्ने गर्छन। सेतोचिनी छ किलो बराबर सुकाएपछि एक किलो हुने बताइएको छ । नपकाएको सेतोचिनि प्रतिकिलो ३० रुपैयाँले खरिद हुने गरेको छ। व्यापारीहरुले हाल जुम्ला र नेपालगञ्जमा प्रतिक्विन्टल ६० हजार रुपैयाँमा बिक्री भइरहेको छ।

चीनमा प्रतिक्विन्टल एक लाख रुपैयाँमा बिक्री हुने यो जडीबुटी चोरी–निकासीसमेत हुने गरेको छ। यस्लाई जङ्गलबाट निकाल्न सरकारी निकाय सङ्ग समन्वय गरेर मात्र राजस्व तिरेर निकालिन्छ। जडीबुटी खन्ने ठाउँमा चिसो हुने भएकाले कतिपय मानिस बिरामी भएर खन्न नसकी फर्किने गरेको पाइन्छ ।

यार्सागुम्बापछि धेरै पाइने यो जडीबुटी संकलन कार्य व्यवस्थित गर्न सके करोडौं आम्दानी गर्न सकिने बताइन्छ । यस्को जरा गुलियो पन हुनाले मधुमेहका बिरामीले चिनीको विकल्पमा प्रयोग गर्छन्। चीन लगायत अरु देशमा आयुर्वेद औषधिको रुपमा प्रयोग गर्न लगेको पाइन्छ।

जारकोटको पाटन क्षेत्रमा पाइने जडिबुटीको संरक्षण र सदुपयोग गर्न सके जाजरकोटि जनता कमाउनकोलागि देश, विदेश धाउनु पर्ने अबस्थाकाे अन्त्य हुने जानकारहरु बताउछन । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।