ताजा अपडेट »

काभा वुमन्स भलिबल : फेरी पनि भारतसामू स्तब्ध बन्यो नेपाल

बुधबार, २३ साउन २०८१, १९ : ३१
352 Shares
बुधबार, २३ साउन २०८१
352 Shares

काठमाडौं । काभा वुमन्स नेसन्स भलिबल लिगको उपाधि भारतले जितेको छ । नेपाललाई तीन, दुई सेटले पराजित गर्दै भारतले उपाधि जितेको हो ।

त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलको पहिलो सेट नेपालले २५–२३ ले जितेको थियो । दोस्रो सेट भारतले २५–१४ ले जित्यो । तेस्रो सेट नेपालले २५–२२ अंकले आफ्नो पक्षमा पार्दा चौथो सेट भारतले २५–२१ ले जित्यो ।

पाँचौ सेट भारतले नेपाललाई १५–५ ले जितेको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।