ताजा अपडेट »

स्ववियुद्वारा भैरहवा बहुमुखी क्याम्पसलाई सेनेटरी प्याड मेसिन हस्तान्तरण

बुधबार, २३ साउन २०८१, १५ : २०
232 Shares
बुधबार, २३ साउन २०८१
232 Shares

भैरहवा । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) भैरहवा बहुमुखी क्याम्पस सिद्धार्थनगर–१२, रुपन्देहीले क्याम्पसलाई सेनेटरी प्याड निस्कने मेसिन हस्तान्तरण गरेको छ । स्ववियुले बुधबार क्याम्पस प्रमुख अनिल कुमार झा र प्रशासन प्रमुख महेन्द्र पाण्डेलाई उक्त मेसिन हस्तान्तरण गरेको हो ।

क्याम्पसलाई हस्तान्तरण गरेपछि अब क्यााम्पस प्रशासनले उपयुक्त स्थानमा उक्त मेसिन जडान गर्ने स्ववियु अध्यक्ष सागर न्यौपानेले बताए । ‘क्याम्पसमा अध्ययनरत छात्राहरूको सुविधाका लागि मेसिन खरीद गरेर हस्तान्तरण गरिएको हो, ’उनले भने । मेसिन जडान भएपछि छात्राहरु महिनावारी भएको बेलामा क्याम्पस नआउने समस्या अन्त्य हुने न्यौपानेले विश्वास व्यक्त गरे ।

मेसिन हस्तान्तरण कार्यक्रममा स्ववियु अध्यक्ष सागर न्यौपाने, उपाध्यक्ष सुनिल खनाल, कोषाध्यक्ष मनोज पन्थ, सह–सचिव गौरव पोखरेल, सदस्यहरु स्वेता कुमारी हरिजन, इरफान अली, युवराज त्रिपाठी, प्रेम यादव लगायतको उपस्थिति रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।