ताजा अपडेट »

झरना स्पोर्ट्स क्लबको अध्यक्षमा धनेन्द्र पौडेल

बुधबार, २३ साउन २०८१, १४ : ३९
72 Shares
बुधबार, २३ साउन २०८१
72 Shares

तिलोत्तमा ।  झरना स्पोर्ट्स  क्लब को ३१ औँ अधिवेशनबाट  धनेन्द्र पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिती गठन भएको छ । नयाँ कार्यसमितिलार्इ बुधबार एक कार्यक्रमका बिच पुरानो कार्यसमितिले पद हस्तान्तरण  गरेको हो ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिलोत्तमा नगरपालिका– ६ का अध्यक्ष  गणेश  पाठकले ऐतिहासिक  र गरिमा बोकेको झरना स्पोर्ट्स  क्लबले प्रत्येक  वर्ष  गराउने फुटबल प्रतियोगिताले सिङ्गो  तिलोत्तमालाई नै देश भर चिनाएकाले उक्त खेललाई  थप बिस्तारित गर्दै लैजान सुझाव दिए । उनले क्लबले खेल मात्र नभई सामाजिक काममा समेत तदारुकता देखाउने र कुन्जालापुर गाउँलाई  नै परिचित गराएकाले यो साख जोगाइराख्न जरुरी रहेको बताए । खेल खेलाउने र क्लबलाई अगाडि  बढाउन आवश्यक  सहयोग गर्न आफू प्रतिबद्ध  रहेको उनले बताए ।

त्यस्तै नव निर्वाचित अध्यक्ष  धनेन्द्र पौडेलले आफुलाई विश्वास गरि दिइएको जिम्मेवारी भरपुर निर्वाह गर्ने जनाए । क्लबको उपाध्यक्षमा नगेन्द्र छन्तेल, सचिव मा हन सिंह  राना, सह सचिवमा गोपाल गलामी, कोषाध्यक्षमा निर्मल थापा, सहकोसाध्यक्षमा किशोर पौडेल  चयन भएका छन । साथै सदस्यमा ज्ञान बहादुर भणडारी, ठाकुर अधिकारी, नन्दलाल चौधरी , सुदर्शन गुरुङ,  कमल थापा, नितु थापा, सरिता थापा रहेको निर्वाचन आयोगका सम्योजक छत्र बहादुर दर्लामी मगरले जानकारी दिए । त्यस्तै नया कार्यसमितिले मनोनयन गरेका अन्य सदस्य सहित हालको कार्यसमितिमा २३ सदस्य रहेका छन । क्लबको संरक्षकमा रुपन्देही  जिल्ला फुटबल संघ का अध्यक्ष लोक पुन रहेका छन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।