ताजा अपडेट »

भीम अस्पतालमा ‘मर्चुरी फ्रिज सेवा’ अब रु. ५ सयमै

बुधबार, २३ साउन २०८१, १४ : ३३
3.02K Shares
बुधबार, २३ साउन २०८१
3.02K Shares

भैरहवा । रुपन्देहीको भैरहवास्थित भीम अस्पतालले ‘मर्चुरी फ्रिज सेवा’ (शवलाई लामो समयसम्म सुरक्षित राख्ने फ्रिज) मा ५० प्रतिशत छुट गरेको छ । यसअघि अस्पतालले रु। १ हजार रुपैयाँ शुल्क लिदै आएकोमा अब भने यो सेवाका लागि रु। ५ सय लाग्ने भएको छ । डा। शकुन्तला गुप्ताले दोस्रोपटक अस्पताल प्रमुख एवं मेडिकल सुपरीटेण्डेण्ट ९मेसु० को जिम्मेवारी सम्हालेपछि यो छुट सुविधा सुरु भएको हो ।

नागरिकको माग तथा स्थानीय सरोकारवालाहरुको सुझाव अनुसार यो छुट सुविधा प्रदान गरिएको अस्पतालको प्रमुख डा। गुप्ताले बताइन् । ‘हामीले सकेसम्म निःशुल्क सेवा प्रदान गर्ने कोशिष गरेका छौं, तर विद्युतलगायतका खर्चले अस्पताल विकास समितिलाई पनि भार नपर्ने गरी हाललाई ५० प्रतिशत छुट दिएका छौं, ’उनले भनिन् । अस्पताल विकास समितिले निर्णयपछि यो सुविधा २०८१ असार ९ गतेदेखि लागू भएको छ ।

त्यस्तै अस्पतालमा स्वास्थ्य बीमा सेवा र ज्येष्ठ नागरिकको लागि फार्मेसी सेवाका निम्ति छुट्टै युनिट स्थापना गरिएको अस्पतालका प्रशासन प्रमुख खिम पाण्डेले जानकारी दिए । पछिल्लो समय भीम अस्पतालमा बिरामीको चाप बढ्दै गइरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।