ताजा अपडेट »

उद्योग व्यापार संगठन रुपन्देहीको १७ औं साधारण सभा भदौ १ मा

बुधबार, २३ साउन २०८१, १४ : २९
64 Shares
बुधबार, २३ साउन २०८१
64 Shares

भैरहवा । चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन), रुपन्देहीको १७ औं वार्षिक साधारण सभा २०८१ भदौ १ गते शनिबार हुने भएको छ । साउन ५ गतेको नियमित बैठकको निर्णय अनुसार संगठनको १७ औं वार्षिक साधारण सभा भदौ १ गते हुने अध्यक्ष दर्पण श्रेष्ठले बताए ।

साधारण सभा बिहान ८ बजेदेखि सिद्धार्थनगर नगरपालिका–९ उदयपुरस्थित संगठनको सभाहलमा सुरु हुने अध्यक्ष श्रेष्ठले जानकारी दिए । साधारण सभामा सहभागी हुन संगठनमा आबद्ध सम्पूर्ण सदस्यहरुलाई उनले आग्रह गरे । साधारण सभामा अध्यक्ष, महासचिवको प्रतिवेदन, लेखापरीक्षण तथा कोषाध्यक्षको प्रतिवेदन, विधान संशोधनलगायत प्रस्तावमा छलफल हुने संगठनकी महासचिव लक्ष्मी अधिकारीले जानकारी दिइन् ।

संगठनले उद्योगी–व्यवसायीको हकहितसँगै सामाजिक कार्यहरु समेत गर्दै आएको वरिष्ठ उपाध्यक्ष सचिन रोक्काले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।