ताजा अपडेट »
बंगलादेशी विद्यार्थी आन्दोलन

बंगलादेशी प्रधानमन्त्रीले स-परिवार देश छाडेपछि बंगलादेश (फोेटोफिचर)

मंगलबार, २२ साउन २०८१, ०९ : ४१
142 Shares
मंगलबार, २२ साउन २०८१
142 Shares

 बंगलादेशमा सरकारी जागिरमा दिईएकोे आरक्षण बिरुद्धको विद्यार्थी आन्दोलन निकै आक्रामक र हिंसक बन्दै गए पछि जुलाई महिनामा मात्रै ३०० बढीले ज्यान गुमाए । आन्दोलनका कारण सरकारले देशब्यापी कर्फ्यू लागाउन बाध्य भयो । आन्दोलनकारीले कर्फ्यू पनि अवज्ञा गर्दै देशब्यापी सविनय अवज्ञा आन्दोलन घोषणा गरेसँगै ठुलो भिड प्रधानमन्त्री कार्यालय तर्फ अगाडी बढ्दै गएपछि प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर परिवार सहित देशै छाडेर भागिन ।

15

उनले देश छोडेपछि बंगलादेशको सत्ता सेनाले सम्हालेको छ । हसिना भागेसंगै ठुलो संख्यामा आन्दोलनकारीहरु सहरमा जम्मा भएका छन । धेरै सहरहरुमा ठुलो मात्रामा लुटपाट र आगजनीका घटनाहरु पनि भएका छन् । ढाकामा जनताको ठुलो भीड सडकमा उत्रिएर प्रधानमन्त्री निवास सहित धेरै भवनहरूमा तोडफोड गरे। 

भिडका मान्छेहरुले प्रधानमन्त्रीको कार्यालयबाट सामान बोकेर हिँडेको पनि तस्विरमा देखिएको छ । कोही प्रदर्शनकारीहरू भने  निवासको सोफामा बसेर सेल्फी खिचिरहेका पनि देखिए। यस्तै शेख हसिना सरकारको गृहमन्त्रीको निवासमा पनि तोडफोड गरिएको थियो ।

23

बंगलादेशी सेनाका प्रमुखले जनतालाई शान्ति कायम राख्न अपिल गरेका छन् । उनले देशमा अन्तरिम सरकार बन्ने र त्यसका लागि सबै दलसँग वार्ता भइसकेको पनि बताए ।  बेलायत र युरोपेली संघले बंगलादेशको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै देशमा लोकतन्त्र जोगाउन तत्काल कदम चाल्न आग्रह गरेका छन् ।

27

गत महिना मात्रै शेख हसिनाले यस आन्दोलनलाई साम्य पार्न सेना तैनाथ गरे पनि त्यसले आन्दोलनमा खासै प्रभाव पारेन । बंगलादेशका विद्यार्थीले आइतबारदेखि सविनय अवज्ञा आन्दोलनको आह्वान गरेका थिए । यसमा सबै सरकारी कर नतिर्न सर्वसाधारणलाई अपिल गरिएको थियो । बंगलादेशमा आइतबार मात्रै ठुलो मात्रामा हिंसा भड्किएको थियो र त्यसमा करिब ९० जनाको मृत्यु भएको थियो भने प्रहरीले सोमबार २० जनाको मृत्यु भएको पुष्टि पनि गरेको थियो ।

 

 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।