ताजा अपडेट »

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

मंगलबार, २२ साउन २०८१, ११ : ०१
118 Shares
मंगलबार, २२ साउन २०८१
118 Shares

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । मंगलबार सुन तोलाको २३ सयले घटेर तोलाको एक लाख ४७ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि सोमबार सुनको मुल्य तोलाको १ लाख ५० हजार पुगेको थियो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य थियो । 

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला ६५ रुपियाँ घटेर १७२५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।