ताजा अपडेट »

वर्षाका कारण हवाई सेवा प्रभावित

मंगलबार, २२ साउन २०८१, १० : ५२
48 Shares
मंगलबार, २२ साउन २०८१
48 Shares

काठमाडौँ। अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ । वर्षा कारण भिजिबिलिटी कम हुँदा उडान र अवतरण प्रभावित बनेको हो ।

आज बिहानका लागि तय भएका भरतपुर, लुक्ला, सुर्खेतलगायतका उडान प्रभावित भएका छन् ।आज बिहान मौसम प्रतिकूल हुँदा केही विमानहरू आकाशमै होल्ड गर्नुपरेको थियो भने केहीलाई डाइभर्ट गरिएको थियो । इस्तानबुलबाट आएको टर्किस एयरलाइन्सको विमान भारतको लखनऊ डाइभर्ट गरिएको थियो भने दुबईबाट आएको फ्लाई दुबईको विमान आकाशमै होल्ड गर्नुपरेको थियो ।

विमानस्थल कार्यालयका अनुसार एयर अरेबिया र कुवेत एयरलाइन्सका जहाज भने सहजै अवतरण भएको विमानस्थल कार्यालयले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।