ताजा अपडेट »

गुणस्तर मापदण्ड भन्दा बिपरीत बुटवलको बजारमा दुध बिक्रि

सोमबार, २१ साउन २०८१, १६ : ४३
356 Shares
सोमबार, २१ साउन २०८१
356 Shares

बुटवल ।  शिशुदेखि बृद्धसम्म होस या रोगीदेखि निरोगीसम्म पौष्ट्रिक तत्वको लागि दूधको सेवन गरिन्छ । तर यही दुधमा ब्यवसायीले अत्याधिक मात्रामा पानी मिसाएर बेच्ने गरेको पाईएको छ । सरकारले तोकेको गुणस्तर मापदण्ड भन्दा बिपरीत बुटवलको बजारमा दुध बिक्रि हुने गरेको खुलाशा भएको छ ।

सरकारले भैंसीको दुधमा न्यूनतम फ्याट ५ प्रतिशत , एसएनएफ ८, गाईको दुधमा ३।५ प्रतिशत फ्याट , एसएनएफ। ७  र मिक्स दुधमा ३.५ प्रतिशत फ्याट  एस।एन।एफ।को मात्रा ८ तोकेको छ । तर बुटवलको बजारमा १।८ प्रतिशत फ्याट भएको दुध विक्रि वितरण हुने गरेको पाईएको छ ।  बुटवल उपमहानगरपालिकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको प्राविधिक टोली र उपभोक्ता हित संरक्षण मञ्चको उपस्थितीमा गरेको अनुगमनमा अत्याधिक मात्रामा पानी मिसाएर वा फ्याट झिकेर दूध बेच्ने गरेको पाईएको हो  ।  

अनुगमन टोलीले बुटवलमा दुध सप्लार्यस गर्ने उद्योग, दूध वितरण गर्र्ने सहकारी  र डेरीका १० वटा नमुना संकलन गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको प्रयोगशालामा परीक्षण गरेको थियो । १० वटै नमुनाको  प्रयोगशालामा परिक्षण गर्दा नतिजा फेल आएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका खाद्य निरिक्षक दीपक कुमार यादबले जानकारी दिए । दूधबाट फ्याटको मात्र झिकिएको वा पानि मिसाएर बेच्ने गरेको पाईएको उनले जानकारी दिए। दूधको गुणस्तरमा कमी आएको गुनाशो आउन थालेपछि बुटवल उपमहानगरपालिकाले पछिल्लो समय डेरीको अनुगमनलाई तिव्रता दिएको छ ।

बुटवलमा विक्रि वितरण हुने दुधको अवस्थाका विषयमा पहिले डेरी ब्यवसायलाई सचेत गराउँदै अनुगमन गर्ने र मापदण्ड भन्दा बिपरीत पाईए तत्काल कारबाही गर्ने  उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले जानकारी दिइन् ।   ब्यवसायी र उपभोक्तालाई सचेत गराउनको लागि अहिले माईकिङ गरिएको र अनुगमनका क्रममा मापदण्ड भन्दा बिपरीत दूध बेचेको पाईए तत्काल कारबाही गरिने उनले बताइन् । उपमहानगरपालिकाले मापदण्ड भन्दा बिपरीत दूध बेच्नेलाई १० हजारसम्म जरिवाना लिन सक्ने ब्यवस्था रहेको अर्यालले जानकारी दिइन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।