ताजा अपडेट »

अनुचित लेनदेन सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

सोमबार, २१ साउन २०८१, १५ : ३७
64 Shares
सोमबार, २१ साउन २०८१
64 Shares

झापा । अनुचित लेनदेन सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी विर्तामोड नगरपालिका-५ डेरा गरी बस्ने ललितपुर महालक्ष्मी नगरपालिका-६ घर भएका ३४ वर्षीय मधुकर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । 

अनुचित लेनदेन सम्बन्धी कसुर मुद्दामा फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले इलाका प्रहरी कार्यालय इटहरी सुनसरीको समन्वयमा सुनसरी इटहरी एरियाबाट पक्राउ गरेको हो । 

उनी उपर जिल्ला अदालत झापाबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।