ताजा अपडेट »

सरकार निरंकुश बन्न खोज्यो: सांसद सापकोटा

सोमबार, २१ साउन २०८१, १४ : ३१
46 Shares
सोमबार, २१ साउन २०८१
46 Shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रले सरकार निरकुंश बन्न खोजेको आशंका व्यक्त गरेको छ ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै माओवादी केन्द्रका सांसद माधव सापकोटाले विद्युत प्राधिकरणका  संचालक समितिका दुई सदस्यलाई हटाएको प्रति असन्तुष्टि व्यक्त गर्दै सरकार निरंकुश बन्न खोजेको आशंका व्यक्त गरेका छन् ।

सांसद सापकोटाले विद्युत प्राधिकरणको महसुल विवादमा यस अघि सरकारले नै गरेका अध्ययन र  रिपोर्टको कार्यान्यवन गर्नुपर्नेमा जोड दिदै अहिलेका सार्बजनिक लेखा समितिका सभापतिले विवादित व्यक्तिहरुलाई भेटिरहेको उल्लेख गरेका छन् ।

उनले लेखा समितिको सभापति प्रतिपक्ष दललाई दिनुपर्ने माग गर्दै अहिलेको लेखा समितिको सभापतिले होटलमा विवादित व्यक्तिलाई भेट गरेको भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।