ताजा अपडेट »

कालिका मानवज्ञान माविमा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई बधाई ज्ञापन

सोमबार, २१ साउन २०८१, १३ : ४७
182 Shares
सोमबार, २१ साउन २०८१
182 Shares

बुटवल । मुलुककै नमूना सामुदायीक विद्यालयको रुपमा पहिचान स्थापना गरेको कालिका मानवज्ञान माविले हालै मात्रै प्रकाशित कक्षा १२ को परीक्षामा उच्च अंकसहित उत्तीर्ण भएका विद्यार्थीलाई बधाई ज्ञापन गरेको छ । सोमबार बुटवल कालिका क्याम्पसको सभाहलमा विशेष कार्यक्रमको आयोजना गरी कक्षा १२ परीक्षा उत्र्तीण गरेका विद्यार्थीहरुलाई बधाईसहित सम्मान  गरिएको विद्यालयका प्रधानाध्यापक दिनेश थापाले जानकारी दिए ।

कार्यक्रममा बोल्दै बुटवल कालिका क्याम्पसका अध्यक्ष तथा कालिका मानवज्ञान माविका पुर्व अध्यक्ष सामाजसेवी होम बहादुर गलामीले शिक्षा क्षेत्रमा बुटवलको कालिका मावि र बुटवल कालिका क्याम्पसको भुमिका देशमै अनुकरणीय भएको बताएका थिए । उनले विद्यालयका शिक्षक, विद्यार्थीको कडा मिहिनेतको फलस्वरुप देशमै अग्रणी स्थानमा कालिकाले एउटा ब्रान्ड स्थापना गर्न सफल भएको बताएका थिए । उनले यसको लागि सबै धन्यावादको पात्र भएको भन्दै बधाई, धन्याबाद र आभार व्यक्त गरेका थिए ।

क्याम्पस प्रमुख घनश्याम पाठकलले शिक्षाको उत्कृष्ट गन्तव्यको रुपमा बुटवलको कालिका ब्रान्ड स्थापना भैसकेको जानकारी दिदै प्लस २ पछि विदेश जाने संस्कृतीको अन्त्य गर्नको लागि स्वदेशमा नै उद्यमशिलता विकासमा लाग्नुपर्नेमा जोड दिए । स्वदेशमा नै प्राविधिक धारतर्फको शिक्षा प्राप्तीगरी स्वदेशमा नै रोजगारीका प्रसस्त रोजगारीका अवसर सृजना गर्न सकिने बताए । बुटवलमा नै शिक्षाको उत्कृष्ट गन्तव्य बन्दै गएको बताउँदै पाठकलले विद्यार्थीले उच्च शिक्षा हासिल गर्ने उत्कृष्ट गन्तव्य बुटवल नै भएको बताए । 

kalika mavi

कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीले विद्यार्थीको समुज्ज्वल  भविष्यको लागि कामना गर्दै देशमा केही पनि छैनन्, भन्ने कुरा चिर्न जरुरी रहेको बताए । मिहिनेत गरेर केही गर्न सकिन्छ भन्ने धारणा स्थापित गर्न जरुरी रहेको बताए । उनले ज्ञान सीप क्षमतको प्रफुष्टन गरी स्वदेशमा नै शैक्षिक उपलब्धी हासिल गर्नुपर्नेमा जोड दिए । बुटवल–१० कालिकानगरमा रहेको कालिका मानवज्ञान माविबाट परीक्षा दिएका १ हजार ६६२ जना विद्यार्थी मध्ये १४ सय २७ जना विद्यार्थी उत्र्तीण भएका थिए । जसमा ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थी २११ जना रहेका थिए ।

उत्कृष्ट जीपीए ल्याएका २८ जना विद्यार्थी र ६ जना इन्चार्जलाई मायाको चिनोसहित सम्मान गरिएको थियो । सोही कार्यक्रममा अन्य शिक्षक र विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । ३.९२ देखि ३.९ जिपीए ल्याउने विद्यार्थीलाई विशेष सम्मान गरिएको थियो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।