ताजा अपडेट »

लायन्स रिजन ७ अन्तरगतका क्लबहरु बीच इन्स्टलेशन समारोह सम्पन्न

सोमबार, २१ साउन २०८१, १२ : ४८
114 Shares
सोमबार, २१ साउन २०८१
114 Shares

बुटवल । लायन्स एरिया ३ रिजन ७ अन्तरगत जोन १६ र १७ का क्लबहरु बीच आइतबार एक समारोह बीच इन्डक्सन एण्ड जोइन्ट इन्स्टलेशन सम्पन्न भएको छ । सो अवसरमा शुभकामना व्यक्त गर्दै डिस्ट्रिक ३२५ पी का गभर्नर पुरुषेत्तमभक्त प्रधानाङ्गले सामाजिक र मानवीय भावका साथ काम गर्न क्लब तथा क्लबका सदस्यहरुलाई आग्रह गरे । 

आपसी सद्भाव र सहकार्यलेनै सफलता प्राप्त गर्न सकिने बताउँदै उनले सामुहिक एकतामा जोड दिए । कार्यक्रममा फस्ट लेडी लक्ष्मी थैव प्रधानाङ्गको समेत उपस्थिती रहेको थियो । कार्यक्रममा मल्टिपल डिष्ट्रिक मार्केट कोअर्डिनेटर अरुणप्रताप राणा, जीएमटी कोर्डिनेटर दिपक कुमार श्रेष्ठ लगायतले बोल्दै लायन्स क्लबमा थप सदस्यहरुलाई आवद्धता दिलाउन जोड दिएका थिए । वर्षभरीनै रचनात्मक क्रियाकलाप गरेर क्रियाशिल हुनुका साथै सदस्यहरुको सङ्ख्या र क्लबको सङ्ख्या समेत वृद्धि गर्दै जानुपर्नेमा उनीहरुले जोड दिए । 

0bf4ad1b-f9dd-45ff-bd85-25f472f34224

जोन १६ अन्तरगत लायन्स क्लब अफ बुटवल क्षितिज, लायन्स क्लब अफ तिलोत्तमा, लायन्स क्लब अफ तिलोत्तमा बुद्धज्योती र लायन्स क्लब अफ बुटवल विपना एक्सलेन्स गरी ४ वटा क्लब रहेका छन् भने जोन १७ अन्तरगत लायन्स क्लब अफ बुटवल फूलबारी, लायन्स क्लब अफ लुम्बिनी इन्जिनीयर्स र लायन्स क्लब अफ बुटवल सनराइज गरी ३ वटा क्लब रहेका छन् । 

रिजन ७ का चेयर पर्सन वैकुण्ठ श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा जोन १६ का चेयर पर्सन राजिव श्रेष्ठले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन लायन्स क्लब अफ बुटवल फूलबारीका अध्यक्ष महेन्द्रकुमार भारीले गरेका थिए । विभिन्न क्लबमा १० जना नयाँ सदस्यहरुलाई आवद्धता दिलाइएको कार्यक्रममा क्लब अध्यक्षहरुको तर्फबाट बोल्दै लायन्स क्लब अफ बुटवल क्षितिजका आविष्कार खनालले नयाँ सदस्यहरुलाई स्वागत गरे । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।