ताजा अपडेट »

साँच्चीकै जनताले हिसाबकिताब गर्न थाले के होला?

सोमबार, २१ साउन २०८१, ११ : २०
152 Shares
सोमबार, २१ साउन २०८१
152 Shares

विनोद पाण्डे

 १) न त हातमा पुस्तक, न त कक्षा कोठामा शिक्षक न त भौतिक संरचना जस्ता परिस्थितिमा पनि ज्ञान आर्जन गर्न जाने विद्यार्थीहरुले आफ्नो सन्तानलाई छात्रवृति दिलाउन राजदुत नियोगमा शरण लिन जाने नेताको साच्चिकै हिसाबकिताब गरे के होला ?

२) सिटामोल र जिवनजल सम्म नपाउने कर्णालीका जनताले हामीले तिरेको करबाट स्वास्थ्य परीक्षण गर्न विदेश जाने नेताको साच्चिकै हिसाबकिताब गरे के होला ?

३) विहान र साझ के खाने भन्ने सोच्न सम्म नसक्ने,फाटेका जुत्ता,च्यातिएका कपडा ,फुटेका पैताला सहित माग्न हिडेका नागरिकले नाङगो खुट्टा र रित्तो हात लिएर गएका अहिले करोडौ र अरबौको सम्पत्तिको मालिक बन्न पुगेका नेताको साच्चीकै हिसाबकिताब गरे के होला?

४) न त सिचाई, न त मल,न त राहत, न त अनुदान ,न त सम्मानमा परेका कृषकले विदेशबाट कमिशन लिएर परीक्षण नगरी तरकारी,फलफुल,खरबौ रकमको चामल,गहु,चिनी र गुन्द्रुक सम्म आयातको व्यवस्था मिलाउने नेताको साच्चीकै हिसाबकिताब गरे के होला ?

५)प्रत्येक वर्षमा कर , प्रत्येक ५ वर्षमा भोट दिने जनताले विकासमा शुन्यता,नीतिगत अस्थिरता,जनताप्रतिको दरिद्रताको रुपमा रहेका नेताको साच्चिकै हिसाबकिताब गरे के होला?

६) बाढी,पहिरो र भुकम्प जस्ता प्राकृतिक प्रकोपबाट घरबार विहिन भएका हरेक जनताले सिहंदरबार,ललितानिवास,भुटानी शरणार्थी,सुनकाण्ड जस्ता सयौ काण्डमा मुछिएका हरेक नेताको साच्चीकै हिसाबकिताब गरे के होला ?

७) मौलिक हक पढ्ने जनताले धारा ७६,८४,८६,१०० र १०१ मात्र जानेका नेताको साच्चीकै हिसाबकिताब गरे के होला ?

८) भारत र चीनको लागि नेपालमा Comfortable सरकार बनाउने नेताको श्रीलंका र बंगलादेशका जनताले गरेको आन्दोलन हेरेर comfortable बनेर साच्चिकै हिसाब किताब गरे के होला ?

९) हलो, कोदालो, कुटो, पासपोर्ट, सर्टिफिकेट,मार्कसिट, घोषणापत्र, झण्डा आदि लिएर साच्चिकै नेताको हिसाबकिताब गरे के होला ? उक्त हिसाबकिताब सत्य र तथ्यमा होस, उक्त हिसाबकिताब परिवर्तन र आधुनिकताको खाकाँ कोर्न सफल होस शुभकामना व्यक्ति,जनता र नागरिकलाई ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।