ताजा अपडेट »

लुम्बिनीका पयर्टन अभियन्ता तथा अग्रज संचारकर्मी चेतन पन्त रहेनन्

आइतबार, २० साउन २०८१, २३ : १८
702 Shares
आइतबार, २० साउन २०८१
702 Shares

भैरहवा । भैरहवाका अग्रज संचारकर्मी तथा लुम्बिनीका पर्यटन अभियन्ता चेतन पन्त हामी बिच रहेनन् । बिगत केही बर्षदेखि मुखको क्यान्सरबाट जुधिरहेका पन्तको आज साझ करिब ९ः०० बजे ६६ वर्षको उमेरमा भैरहवाको दुर्गाकलोली स्थित आफ्नै निवासमा निधन भएको हो ।

भैरहवामा रहेर टेलिभिजन पत्रकारिता गरेका पन्त पछिल्लो समय लुम्बिनीलाई कसरी देश बिदेशमा चिनाउन सकिन्छ भनेर लागि परेका थिए । आफ्नै निजी खर्चमा देश बिदेशमा पुगेर भगवान बुद्धको जन्मस्थल लुम्बिनी र नेपालको प्रचारप्रसार गर्दै आएका उनले लुम्बिनी तथा भगवान बुद्ध बारे धेरैवटा डकुमेन्ट्रीहरु समेत बनाएका छन । फोटाग्राफीमा पनि रुची राख्ने पन्तले बुद्ध जन्मस्थल लुम्बिनीका धेरै ठाउँहरुको फोटोहरु खिचेर बिदेशमा प्रदर्शनी पनि गर्दै आएका थिए । 

बुद्ध जन्मस्थल लुम्बिनीको बरेमा गहन रुपमा अध्ययन गरेका पन्तले बिभिन्न पत्रपत्रिकाहरु मार्फत बुद्ध, लुम्बिनी तथा बुद्धसँग सम्वन्धित आसपासका धार्मिक पर्यटकीय क्षेत्रका सम्भावनाहरु बारे कलम चलाउँदै आएका थिए । विभिन्न देश पुगेर बुद्ध जन्मस्थल लुम्बिनी र नेपाललाई विश्व सामु चिनाउने अभियान चलाएका उनि आफ्नै खर्चमा लुम्बिनीको प्रवर्धन गर्ने एक मात्र अभियन्ता हुन । 

नेपाल राष्ट्रबैँकको पूर्व कर्मचारी समेत रहिसकेका पन्तका श्रीमती सहित दुई छोराहरु रहेका छन । पन्तको सोमबार बिहान ९ बजे सिद्धार्थनगर–१२ स्थित स्वर्गद्वारी घाटमा अन्तिम दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।