ताजा अपडेट »

बाबुरामको स्वर्णिमलाई सुझाव- ‘मनरो डक्ट्रिन’ बारेको विवादित अभिव्यक्ति सच्याउनु राम्रो हुन्छ

आइतबार, २० साउन २०८१, १२ : ५८
152 Shares
आइतबार, २० साउन २०८१
152 Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले रास्वपा उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्लेलाई  ‘मनरो डक्ट्रिन’ बारेको विवादित अभिव्यक्ति सच्याउन सुझाव दिएका छन् । डा. भट्टराईले सामाजिक सञ्जालमार्फत मनरो डक्ट्रिनजस्तो एउटा सार्वभौम देश अर्को देशको प्रभाव क्षेत्र कायम गर्ने कुरा किमार्थ स्वीकार्य नहुने भन्दै आफ्नो भूल सच्याउन वाग्लेलाई सुझाव दिएका हुन् ।

उनले भनेका छन्- 'मनरो डक्ट्रिनजस्तो एउटा सार्वभौम देश/क्षेत्रमा अर्को देशको ‘प्रभाव क्षेत्र’ कायम गर्ने कुरा किमार्थ स्वीकार्य हुन सक्दैन । नेपाल जस्तो दुई ठूला देशको बिचमा रहेको मुलुकका निम्ति त झन् अकल्पनीय कुरा हो ! स्वर्णिम वाग्लेले बेलैमा भूल सच्याउनु राम्रो होला !’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।