ताजा अपडेट »

आर्थिक अनुसन्धान केन्द्रको दोस्रो अधिवेशन सम्पन्न

आइतबार, २० साउन २०८१, ०७ : १४
284 Shares
आइतबार, २० साउन २०८१
284 Shares

बुटवल । आर्थिक अनुसन्धान केन्द्र नेपालको दोस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । विकासका लागि अनुसन्धान अभियानका साथ लुम्बिनी प्रदेश भित्र कार्यक्षेत्र रहने गरी २०७८ सालमा लुम्बिनी प्रदेश सरकारमा दर्ता भएको संस्था हो । 

अधिवेशनमा संस्थापक अध्यक्ष हुमराज भुसालले संस्थाको कार्य प्रगति र आगामी योजना समेटिएको प्रतिवेदन पेस गरेका थिए । कोषाध्यक्ष जीवन परियारले आर्थिक विवरण पेस गरेका थिए । दुवै प्रतिवेदनलाई सर्वसहमत रुपमा स्वीकृत गर्दै अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व समेत सर्व सहमतिमा चयन गरेको छ । जस अनुसार अध्यक्ष हुमराज भुसाल, उपाध्यक्ष प्रशान्त रावल, सचिव राजेन्द्र भुसाल, कोषाध्यक्ष जीवन परियार, कार्य समिति सदस्य यम बहादुर कार्की, भोजराज पङ्गेनी, भोजराज न्यौपाने र निर्मल हुमागाईं रहेका छन् । कार्यक्रममा उपस्थित सबैलाई स्वागत मनतव्यबाट उपाध्यक्ष प्रशान्त रावलले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव राजेन्द्र भुसालले गरेका थिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।